काठमाडौँमा माइक्रोबसको ठक्करबाट ३ वर्षीया बालिकाको मृत्यु, चालक पक्राउ

मंसिर २०, काठमाडौँ । काठमाडौँमा माइक्रोबसको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु भएको छ । 

काठमाडौँको गल्खोपाखाबाट गोंगबुतर्फ आउँदै गरेको बा१ज ८४५९ नम्बरको माइक्रोबसले ठक्कर दिँदा झापा केचना गाउँपालिका–३ घर भई गोंगबु बस्दै आएकी तीन वर्षीया बालिका जिया यादवको मृत्यु भएको हो । 

बिहीबार बिहान ठक्कर दिँदा घाइते भएकी उनलाई उपचारका लागि महारजगञ्जस्थित शिक्षण अस्पताल पुर्याएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो । 

null

घटनापश्चात् बालाजुका माइक्रोबस चालक सुजन महर्जनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *