लोप हुँदै गएको कुस्ती पहिलो पटक विराटनगरमा (फोटो फिचर)
कात्तिक १७ विराटनगर । नेपाल र भारतको केहि ग्रामिण क्षेत्रमा खेलिने कुस्ती खेल मिथिला क्षेत्रमा बसोवास गर्ने समुदायहरुको मौलिक खेल भएपनि लोप हुने क्रममा छ ।
पुस्ता परिवर्तन भएसँगै कुस्ती खेल पनि लोप हुन थालेको हो । मौलिक संस्कृतिसँग जोडिएको कुस्ती खेल विगत तीन दशक अघिसम्म मोरङ, सुनसरी, सप्तरी सिराहा, धनुषा लगायत मिथिलाञ्चलका विभिन्न क्षेत्रहरुमा उल्लेख्य संख्याका हुने गरेका थिए ।
कुस्ती खेल सो क्षेत्रमा लोकप्रिय खेल भएपनि बर्तमान युवा पुस्ताहरु प्रविधिको विकाससँगै आधुनिक प्रविधि प्रति आकर्षित भएकोले कुस्ती प्रति लगाव घट्दै गएकोमा खेलको संरक्षण र प्रर्वद्धनकालागि मोरङमा अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गरियो ।
मोरङ विराटनगर १८ बुधनगरका स्थानिय युवाहरुको सक्रियतामा कात्तिक १५ गते देखि १७ गते सम्म अन्तराष्ट्रिय मैत्रिपूर्ण कुस्ती प्रतियोगिताको आयोजना गरिएको थियो ।
दिपावली तथा छठ पुजा समितिले आयोजना गरेको उक्त प्रतियोगितामा नेपाल तथा प्रतियोगितामा नेपालसँगै भारतका ५ दर्जन पहलमानहरुको सहभागिता रहेको थियाे । भारतको दिल्ली, जयपुर, पञ्जाब, लखनउ, बनारस र बिहारका ४० जनासहित नेपालका विभिन्न जिल्लाका २५ जना पहलमानहरुको सहभागिता रहेको थियाे ।
स्वस्थ शरीर र मनोरञ्जनका लागि खेलिने कुस्ती लोप हुँदै गएको अवस्थामा यसको संरक्षण र संवद्र्धनका लागि प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक रविन्द्रकुमार दास तत्माले बताए ।
उनका अनुसार यो खेलको संरक्षणमा कुस्ती खेलका सौखिन स्थानिय बासिन्दा पनि आफैं लागि परेका छन् । विराटनगरमा आयोजित प्रतियोगिता हेर्न मोरङ, सुनसरी, सप्तरी, सिराहा देखि सिमावर्ती भारतीय जिल्लाहरुबाट समेत उल्लेख्य कुस्तीप्रेमीहरुको उपस्थिति रहेको थियो ।