बेहोस भएका सैनिक जवान जैसीको मृत्यु

 

जेठ ५, वीरगञ्ज । बेहोस भएका नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । 

डियुटी गरिरहेका बेला एक्कासी बेहोस भएका नेपाली सेनाका जवान २८ वर्षीय देवीराम जैसीको मृत्यु भएको हो । 

null

राष्ट्रिय निकुञ्‍ज श्रीबारादल गण आधाभारमा कार्यरत जवान जैसी अचानक बेहोस भएपछि उनलाई उपचारका लागि नारायणी अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

मृतक जैसीको पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ । के कारणले मृत्यु भएको हो भन्ने खुल्न सकेको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *