किन दिए विजयकुमारले अन्नपूर्ण मिडिया बाट राजिनामा ?

बैशाख ८, काठमाडौं । पत्रकारिताबाट नाम र दाम दुवै कमाउन सफल पत्रकार विजयकुमार पाण्डेले अन्नपूर्ण मिडिया नेटवर्कको समूह सम्पादक (ग्रुप एडिटर)बाट राजीनामा दिएका छन् । उनले आज ब्यवस्थापन समक्ष राजिनामा दिएका हुन् । 

‘खुसी’का लागि मदन पुरस्कार विजेता पाण्डेले दोस्रो किताबको प्रकाशनका लागि उक्त पदबाट राजिनामा दिएको बताएका छन् । साथै उनले एपीवान टिभीमा मेगा–सिरिज कार्यक्रमको प्रस्तुतिका लागि समय दिने समेत बताएका छन् । 

 

null

‘२०७६ सालमा आफ्नो दोस्रो किताबको प्रकाशन, एपीवान टेलिभिजनमा एक मेगा–सिरिज कार्यक्रमको प्रस्तुति र श्रव्य दृश्यको डिजिटल प्लेटफार्ममा बढी समय दिनु पर्ने भएकोले अन्नपूर्ण मिडिया नेटवर्कको ग्रुप एडिटर पदबाट राजिनामा दिएको छु ।’ उनले आफ्नो ट्विटमा भनेका छन् । 

पाण्डे २०७४ असोजमा अन्नपूर्ण मिडिया नेटवर्कको ग्रुप एडिटर नियुक्त भएका थिए । उनी नेपाली पत्रकारिता क्षेत्रमा सफल पत्रकार, कार्यक्रम प्रस्तोता र लेखकका रुपमा परिचित छन् । आफ्नो पहिलो पुस्तक खुसीबाट मदन पुरस्कार प्राप्त गरेपछि पछिल्ला दिन पाण्डेलाई पुस्तक लेख्ने हुटहुटी चलेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *