बाख्रा प्याकेज कार्यक्रमको अनुगमन
असार १६ गते । चितवनको खैरहनी नगरपालिकाले नगर भित्र संचालित वाख्रा प्याकेज कार्यक्रमको सोमवार अनुगमन गरिएको छ ।
नगरपालिकाले नगर भित्रका विपन्न परिवारलाई लक्षित गर्दै कार्यक्रम संचालन गरेको थियो । सोही कार्यक्रम अन्र्तगत चालु आर्थिक वर्षमा नगरको तीन वटा वडामा वाख्रा प्याकेज कार्यक्रम संचालन गरिएको छ ।
null
नगरको वडा नम्वर १० कुसहना गैरी,११ को कुमरहठ्ठा र १३ को सिम्रेनीमा समुह गठन गरेर कार्यक्रम संचालन गरिएको हो । समुहका सदस्यहरुलाई अनुदानमा प्रदान गरिएको वाख्राको अवस्था र खोर निर्माण भए नभएको बारे खैरहनीका मेयर लालमणी चौधरीको नेतृत्वमा अनुगमन गरिएको थियो ।
प्रति सदस्य २ वटा वाख्रा खरिदका लागि ८ हजार रुपैया र खोर निर्माणका लागि प्रति सदस्य ४ हजारका दरले अनुदान प्रदान गरिएको खैरहनी नगरपालिका पशु सेवा शाखा प्रमुख रुद्र कुमार श्रेष्ठले वताए । त्यस्तै एउटा समुहमा एउटा व्याडको बोका खरिदका लागि २० हजार रुपैया प्रदान गरिएको उनले वताए ।
वाख्रा प्याकेज कार्यक्रममा वाख्राको बीमा, उपचार तथा औषधी, तालिम आदि नगरपालिकाले निशुल्क प्रदान गर्नेछ । खैरहनीका मेयर लालमणी चौधरीको नेतृत्वमा पशु सेवा शाखा प्रमुख श्रेष्ठ,पशु स्वास्थ्य प्राविधिक रामभजन शाह, योगेश्वर शाह लगायतको उपस्थितीमा अनुगमन गरिएको थियो ।