शरद गौचन हत्याकाण्डः थप तीन अभियुक्त जेल चलान

कात्तिक १४, काठमाडौँ । शरद गौचन हत्या प्रकरणका थप तीन अभियुक्तलाई जेल चलान गरिएको छ । 

जिल्ला अदालत काठमाडौँले अभियुक्तहरुः अमरबहादुर राना, लोप्साङ लामा र रोशन बुढाथोकीलाई जेल चलान चलान गरेको हो । 

गत वर्ष असोजमा कोठमाडौँको शान्ती नगरमा भएका तत्कालीन निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको संलग्न थप ३ जनालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले झापाबाट पक्राउ गरि सोमबार सार्वजनिक गरेको थियो। 

null

पक्राउ परेका तीन जनामध्ये एकले गौचनलाई गोली प्रहार गरेका थिए । 

गौचन हत्या काण्डमा संलग्न अन्य १२ जना पक्राउ परिसकेका छन् । गिरोहका नाइकेमध्येका एक मनोज पुन र सोम आलेको चितवनमा इनकाउन्टर भएको थियो। 

गौचनको राजधानीको व्यस्त बानेश्वरको खरिबोटमा २०७४ साल आश्विन २३ गते गौचनको हत्या भएको थियो । बा १३ च ४९४८ नम्बरको ल्याण्ड क्रुजर गाडी चढेर घरबाट निस्केको केहीबेरमा उनीमाथि गोली प्रहार गरिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *