पानीमा भिज्दै, खाना खुवाउँदै !

वैशाख ३, विराटनगर । लकडाउनको आज २२ औं दिन विराटनगर ठप्प छ । भने दैनिक ज्याला मजदुरी गर्ने साथै सडकमा नै जीवन व्यतित गर्नेहरुका लागि भने सकस बन्दै गईरहेको छ । 

हुनेले त घरैमा बसेर  सुरक्षित रहनका लागि दैनिक उपभोग्य सामान जोहो गरेका छन् भने जो दैनिक ज्याला मजदुरी गरेर साँझ बिहान खाएर सडकमा नै बस्ने गर्दछन् उनीहरुको समस्यालाई मध्यनजर गर्दै युवाहरुको खाना खुवाउने अभियान जारी छ । 

अर्थात आज (बुधबार) १५ औं दिनमा प्रवेश गरेको छ । बिहान पानीसँगै चिसो हावा पनि चलिरहेको अवस्थामा पनि युवा नेता ओसिम अलामको नेतृत्वमा समयमा नै खाना लिएर सडक-सडकमा पुगेका थिए ।   

उनीहरु सडकमा नै बसेर जीवन चलाइरहेकाहरुको अभिभावक नै बनेका छन् । कुन बेला ९ बजे हुन्छ अनि बाइकको हरन बजाउँदै खाना लिएर आइपुग्छन् भन्दै बाटो कुर्नु उनीहरुको दैनिकी नै बनिसकेको छ । 

युवा अभियन्ता पेरिस सुवेदी भन्छन, ‘बिहानको मौसम त्यति प्रतिकुल नभएकाले घरमा नै बस्ने योजना बनाएका थियौं, तर मनले मानेन हाम्रो बाटो हेरिरहेका हुनेछन् जस्तो लागेर पानीमा पनि भात बोकेर आएको ।’ 

उनले थपे, ‘हामी एकछिनको झरी त सहनसक्छौँ तर भोको पेट कसरी बिताउलान उनीहरुले भनेर नै आफु पनि सुरक्षित रहेर नै खाना खुवाएको हो ।’   

लकडाउन अवधिभरीसम्म खाना खुवाउने अभियान जारी रहने युवा नेता ओसिम अलामले बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *