पूर्पक्षमा राख्न उच्च अदालतको आदेश आउनु अघि नै सिद्धबाबा फरार

माघ ९, विराटनगर । उच्च अदालत विराटनगरले बराहक्षेत्रका कृष्णबहादुर गिरी (सिद्धबाबा) लाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश बदर गर्दै उनलाई पूर्पक्षमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । 

मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र प्रेमराज कार्कीको संयुक्त इजलासले जिल्लाको आदेश वेरितको भएको ठहर गर्दै सिद्धबाबालाई पूर्पक्षमा राख्न आदेश दिएको हो ।   

महिला अनुयायीमाथि बलात्कार गरेको सिद्धबाबालाई अभियोग छ । सुनसरी जिल्ला अदालतले उनलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । तर, पिडीत पक्षले त्यसविरुद्ध उच्च अदालतमा मुद्दा हालेको थियो ।   

सिद्धबाबा अदालतबाटै फरार 

कृष्ण बहादुर गिरी (सिद्धबाबा) उच्च अदालत परिसरबाटै फरार भएका छन् । उच्च अदालतले आफ्नो विपक्षमा फैसला गर्ने सुईको पाएर उनी फैसला आउनु अघि नै उपचारको वहानामा फरार भएका हुन् ।   

आफ्ना अङ्गरक्षक नेपाल प्रहरीका हवल्दार र गाडी फर्काएर गिरी जोगवनी नाकाबाट भारत पसेका हुन् । उच्च अदालत बिराटनगरमा पेशिको लागि पुगेका उनी भारत प्रवेश गरेका छन् ।   

सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले गिरी उपचारका लागि भन्दै भारत गएको हुनसक्ने जनाए । गिरीले उपचारका लागि भारत गएको भन्दै अंगरक्षक समेत फिर्ता गरेको पोखरेलको भनाइ छ ।   

यता जगदगुरु श्रीरामानन्दचार्य पिठका अध्यक्ष गणेश बिरही सुब्बाले उपचारका लागि सिद्धवावा भारत जाने कार्यक्रम रहेपनि आजै जाने भन्ने तय नभएको बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *