नेपाली सेना र चन्द्रागिरि नगरपालिकाद्वारा बृक्षारोपण

 

असार, २१  काठमाण्डौं । काठमाण्डौको चन्द्रागिरिमा नेपाली सेना र चन्द्रागिरि नगरपालिका वडा नम्वर ६ ले बृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।चन्द्रागिरिको मातातिर्थका बिभिन्न स्थान मा बृक्षारोपन तथा सरसफाई कार्यक्रमहरु आयोजना गरिएको हो । 

श्री जगदल छाउनी र चन्द्रागिरि नगरपालिका वडा नम्वर ६ को आयोजनामा मातातिर्थको सार्वजनिक स्थानमा फलफुल, धुपी, मसला प्रजातिका करिव तीन सय, पचास बोट बिरुवाहरु रोपेको श्री जगदल छाउनीका प्रमुख सेनानी चुलेन्द्र बहादुर थापाले बताए । प्रदेश सांसद बेली माया घलेले बिरुवा रोप्दा र सरसफाई गर्नाले मानिसको स्वास्थ्यलाई फाइदाजनक हुनुका साथै बनजङ्गल हराभरा हुने भएकाले सरसफाइ र बृक्षरोपण गरिएको बताईन । सांसद घलेले यस्तो कार्यमा सबैलाई सक्रियताका साथ लाग्न समेत अनुरोध समेत गरेकी छिन् । 

null

 

त्यस्तै महानगरीय प्रहरी बृत्त थानकोटका प्रहरी प्रमुख कुमार विक्रम थापाले सामुदायिक प्रहरी साझेदारी अन्तर्गत समाजको हरेक गतिविधिमा प्रहरी र स्थानीयहरुको प्रत्यक्ष सहभागीता रहने वताउदै वाताबरणीय सुन्दरताका लागि यस्ता गतिविधीले समाजमा शान्त हरावरा बनाउनेमा कुनै दुई मत रहेको प्रस्ट पारे । 

चन्द्रागिरि नगरपालिका वडा नम्वर ६ का बडा अध्यक्ष सञ्जय सिग्देलले सामाजिक रूपान्तरणमा सधै अग्रसर हुँदै आईरहेको जानकारी गराउदै, हरियो स्वच्छ सफा नगरपालिका बनाउदै बाताबरण मैत्री नगरपालिका बनाउनेमा जोड दिए । बृक्षारोपणमा मातातिर्थ विकास संरक्षण समिति,महालक्ष्मी सामुदायी बन, स्थानिय बासी, आमा समुह लगायतको सहभागीता रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *