वीपीमा विद्यार्थी भर्नामा चलखेल, सांसदले गराए ध्यानाकर्षण

 

असार २३, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद घनश्याम खतिवडाले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको चलखेलका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद खतिवडाले वीपीमा पछिल्लो समय विद्यार्थी भर्ना योग्यताका आधारमा नभइ चलखेल र भनसुनका आधारमा भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् । 

null

संसदमा उनले भने, ‘आज वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भीसीले गरेको एक्लो निर्णय र उहाँमा भएको अहमताले त्यो इन्स्टीच्युट बिग्रिने ठाउँमा पुगिरहेको छ । याेग्यताका आधारमा नभइ भनसुनका आधारमा विद्यार्थी भर्ना लिइएकाे छ । अस्पतालमा समेत उहाँको नकारात्मक प्रभाव देखिन थालेको छ ।’ 

सांसद खतिवडाले एक राजनेताको नाममा भएको प्रतिष्ठानभित्र यस्तो लापरवाही, अन्य रजिष्टार, रेक्टरहरु वा त्यो भन्दा मुनिका पदाधिकारीहरु कसैको कुरा नसुनी स्वास्थ्य सम्बन्धी अस्पतालमा समेत भीसीको नकारात्मक प्रभाव देखिन थालेको जिकिर गरे । प्रतिष्ठानमा पठाइएको भीसीले आफ्नो अधिकारको चरम दुरुपयोग गरेको उनको भनाइ छ । 

यता, वीपी प्रतिष्ठानका चिकित्सकहरुले तलब वृद्धिदेखि स्वच्छ खानेपानीसम्मको माग राख्दै प्रधानमन्त्रीलाई ७ बुँदे ज्ञापनपत्र बुझाएका थिए ।  

असार १८ गते विपी प्रतिष्ठानको चिकित्सा तथा दन्त–चिकित्सा शिक्षण कल्याण समाजले तलब वृद्धि, फ्याकल्टीहरुको सामयिक बढुवा, फ्याकल्टीहरुको सुविधा, तलबी प्रसुती विदा, स्वच्छ पिउने पानी, आवास मर्मत, टिचर्स र रिसर्च तालिम लगायतका मागहरूसहितकाे ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाएको हो । 

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *