हट सुरविन भन्छिन् ‘एक निर्देशकले मेरो थाई हेर्न चाहन्थे’

  

असाेज १०, एजेन्सी । अभिनेत्री सुरविन चावला पनि अन्य अभिनेत्रीहरु जस्तै ग्ल्यामर इन्डष्ट्रिमा कास्टिङ काउचको सिकार बनेकी छन् । सुरविनले एक अन्तर्वार्तामा कास्टिङ काउचको भयनक घटनाको खुलासा गरेकी छन् । अहिलेसम्म उनी एक पटक होइन, दुई पटक होइन, पाँच–पाँच पटक कास्टिङ काउचको सिकार बनेकी छन् । 

सुरविनका अनुसार उनले तीन पटक साउथ फिल्म उद्योग र दुई पटक बलिउडमा कास्टिङ काउचको सामना गरेकी छन् । यस घटनाको खुलासा गर्दै सुरविनले पिंकविलालाई एक अन्तर्वार्तामा भनिन्– ‘बलिउडका एक निर्देशकले मेरो क्लिवेज कस्तो देखिन्छ भनेर हेर्न चाहन्थे । त्यस्तै अर्को एक निर्देशकले मेरो थाई हेर्न चाहन्थे ।’ 

सुरविनले टिभी शो गरेपछि साउथ फिल्म उद्योगमा कोशिस गरेकी थिइन् । साउथ फिल्म उद्योगमा भोगेकी कास्टिङ काउचको बारेमा भनिन्– ‘मलाई एक निर्देशकले रेकीको लागि आफ्नो साथमा जानका लागि भने । उनले मेरो शरीरको एक–एक इन्च जान्न चाहन्थे । त्यसपछि मलाई विश्वास लागेन र फिल्म छोडे ।’ 

उनले थपिन्– ‘साउथमा एक नेशनल अवार्ड निर्देशकले कास्टिङ काउच गरे । निर्देशकको एक फिल्मको लागि मैले लामो समयसम्म अडिशनको प्रोसेस तय गरेकी थिएँ ।’ 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *