बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतको अनुमति

माघ २, काठमाडौं । मानहानी गरेको भन्दै बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न जिल्ला अदालत भक्तपुरले प्रहरीलाई अनुमति दिएको छ ।   

प्रसाईं भने फरार छन् । 

२० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले मानहानीको मुद्दा हालेका थिए ।   

Image result for दुर्गा प्रसाईं

त्यही मुद्दामा पक्राउ गर्न अदालतले प्रहरीलाई अनुमति दिएको हो । लगतै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेका थिए । तर उनी नभेटिएको प्रहरी स्रोतले बताएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *