विप्लव समूहले लुकाई राखेको २५ केजी विष्फोटक पदार्थ फेला

असोज १३ काठमाडौँ । झापामा विप्लव समूहले चियाको बोटमा हाल्ने औषधी भन्दै लुकाई राखेको ठूलो परिमाणमा बिष्फोटक पदार्थ बरामद गरेको छ । 

प्रहरीले झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर १ सिस्नेबाट चियाको बोटमा हाल्ने औषधी भन्दै गोठमा गाडेर  लुकाइ राखेको अवस्थामा २५ केजी बिस्फोटक पदार्थ बरामद गरेको हो । 

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त प्रहरी टोलीले आइतबार राति नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले लुकाएर राखेको उक्त बिस्फोटक पर्दाथ  बरामद गरिरएको हो ।   

प्रहरीले सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर उक्त कुराको जानकारी गराउँदै  विप्लवका जिल्ला सेक्रेटरी इलाम माङ्सेबुङ गाउँपालिका–१ का ३४ वर्षीय प्रवीण मिश्र ‘मनिष’, जिल्ला सदस्य हल्दीवारी गाउँपालिका–५ का ४४ वर्षीय टीका पोखरेल र मकवानपुर भिमफेदी गाउँपालिका–२ का २६ वर्षीय अनुल सारु मगरलाई पक्राउ गरेको बताए । प्रहरीले उनीहरूकै बयानको आधारमा अर्जुनधारामा भण्डारण गरी राखिएको बिस्फोटक पदार्थ बरामद गरेको जानकारी गराए । 

प्रहरीले बमका लागि आवश्यक निओजेल नाइन्टी (हाइ एक्सप्लोसिभ) लगायतका वस्तु बरामद भएको बताएका छन् ।  ती विष्फोटक पदार्थको सार्वजनिक गर्दै दशैंको पूर्वसनध्यामा बिस्फोट गराउन विष्फोटक पदार्थ त्यहाँ सुरक्षित राखेको हुन सक्ने बताउँदै  विप्लव समूहका मुख्य नाइके नै पक्राउ परेपछि बाँकी योजना विफल भएको जानकारी दिए । 

प्रहरीका अनुसार करिब एक महिना अघी उक्त स्थानमा सो विष्फोटक पदार्थ लुकाएर राखेको हाे । यसबारे थप अनुसन्धान भईरहेको  प्रहरीले जनाएकाे छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *