डीपीएलमा काठमाडौं गोल्डेन्सको विजयी सुरुवात

माघ २८, धनगढी । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको पहिलो खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्सले जित हात पारेको छ । 

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सोमबार बिहान भएको खेलमा काठमाडौँ गोल्डेन्सले सोमपाल कामीको कप्तानीमा रहेको धनगढी स्टार्सलाई ४ विकेटले हराएको हो । 

धनगढीले जितका लागि दिएको १३३ रनको लक्ष्य काठमाडौँले १९ ओभर ५ बलमा ६ विकेट गुमाएर पुरा गर्यो । 

null

धनगढीका विदेशी खेलाडी यूएईका आमिर हायातको पहिलो बलमा मेहबुब आलमले एक रन लिए। दोस्रो बलमा क्रिजमा आएका विक्रम भुषालले कुनै रन लिन सकेनन्। तेस्रो बलमा ब्याट्सम्यानहरुले एक रन लिए। 

चौथो बलमा मेहबुब आलमले २ र पाँचौ बलमा चौका प्रहार गर्दै काठमाडौंलाई विजयी सुरुवात दिलाए। अंकित दबासले २९ रन जोड्दा ओपनर गौरब तमोरले २८ रन बनाए । यस्तै अनिल कुमार साहले २४ रन जोडे । यस्तै बिक्रम कुमार भुसाल १४ रनमा अविजित रहे । 

धनगढीका रोहन मुस्तफाले ४ विकेट लिए । बिपिन खत्री र अमिर हायतले १/१ विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले अमितको अर्धशतकमा पुरै २० ओभर मा ५ विकेट गुमाएर १३२ रन बनायो । अमितले ५० बलमा ५० रन जोडेर आउट भए । यस्तै सन्दीप रजालीले २८, सौरभ खनालले २०, पवन सर्राफले १९ रन जोडे। 

सन्दीप २८ रनमा आउट भए भने सौरभ खनालले अविजित २५ रन जोड्दा पवन सर्राफले १९ रन बनाए । धनगढीका सुनिलले ३ रन जोड्दा रोहन सुन्य रनमा आउट भए । 

काठमाडौंका नन्दन यादबले २ विकेट लिए । ललित नारायण राजवंशी र अंकित दबासले १–१ विकेट लिए । 

बर्षाका कारण दुई दिन पछाडी सरेको प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छ । 

प्रतियोगीताको दोश्रो खेलमा भने रुपन्देही च्यलेञ्जर्स र महेन्द्रनगर युनाइटेडबीच १ बजे प्रतिस्पर्धा हुनेछ । फाफ्ला मैदानमा हुने दोस्रो खेल दिउँसो १ बजे सुरु हुनेछ । 

रुपन्देही च्यलेञ्जर्सका कप्तान बसन्त रेग्मी हुन् । महेन्द्रनगर युनाइटेडको नेतृत्व शरद भेषवाकरले गरेका छन्। 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *