कपिल–गिन्नी विवाहः बलिउडबाट मात्र दुई जनालाई निमन्त्रणा !

 

मंसिर २४, काठमाडौँ । कपिल शर्मा १२ डिसेम्बरमा आफ्नी गर्लफ्रेन्ड गिन्नी चतरथसँग विवाह गर्दैछन् । अहिले कपिलको विवाह कार्डदेखि भेन्यू सम्मको चर्चा चलिरहेको छ । 

अचम्मको कुरा के छ भने कपिल शर्माको विवाहमा बलिउडका धेरै सेलिब्रेटीहरु उपस्थित हुने छैनन् । किनकी कपिलले बलिउडका दुई जना हस्तीहरुलाई मात्र निमन्त्रणा दिएका छन् । हुन् अमिताभ बच्चन र सलमान खान । 

null

स्रोतका अनुसार कपिल र सिनियर बच्चनको एकापसमा नजिकको सम्बन्ध छ । त्यस्तै अमिताभ बच्चन पनि कपिललाई एकदमै लाईक गर्छन् । अमिताभले कपिलको निमन्त्रणा पनि स्वीकार गरिसकेका छन् । 

 

कपिलको विवाह १२ डिसेम्बरमा सुरु हुनेछ । त्यस्तै १४ डिसेम्मबरमा अमृतसरमा विवाह पार्टी दिनेछन् । 

बलिउड सेलिब्रेटी तथा अन्य क्षेत्रका चर्चित हस्तीहरुका लागि कपिलले मुम्बइमा पनि रिसेप्शन राखेका छन् । 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *