लम्की रेडक्रसद्वारा आगलागी पीडितलाई राहत वितरण 

मंसिर २४, लम्कीर । लम्कीचुहा नगरपालिका वडा नम्बर २ भल्काका आगलागी पिडित २ परिवारलाई नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीले आज राहत सामग्री वितरण गरेको छ । 

२०७५ साल मंसिर २० गते बिहीवार राति आगलागी भएका आगलागी पीडित बरम बहादुर शाही ( रत्ना दूध डेरी) र खडक चलाउने (दिव्या फोटो स्टुडियो) लाई नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखाले गैर खाद्य राहत सामग्री वितरण गरेको हो । रेडक्रसले उक्त अवसरमा प्रती परिवार १ थान त्रिपाल , १ थान कम्बल , एक सेट भाडाकुडा , एक थान बाल्टिन, कपडा लगायतका सामान गरि ७ हजार बराबरको सामग्री वितरण गरेको नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखाका सभापति रंगप्रसाद तिमिल्सैनाले जानकारी दिएको हो । 

राहत सामग्री वितरण कार्यक्रममा लम्कीचुहा नगरपालिका वडा नम्बर २ का अध्यक्ष बिष्णु ढकाल, समाजसेवी तथा राजनितीज्ञ दलबहादुर बिष्ट , उपशाखा सभापति रंगप्रसाद तिमिल्सैना, सचिव विनोद आचार्य , वडा सदस्य यज्ञ डाङी, शिक्षक एकेन्द्र बिष्ट , द्वारिका उपाध्याय , प्रकाश धमाला, व्यापारी बिरेन्द्र अधिकारी लगायतकाको उपस्थिति रहेको थियो । 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *