कोरोना भाइरसकै कारण न्याम्सको पनि सर्यो दिक्षान्त समारोह

फागुन २४, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को दिक्षान्त समारोह पनि स्थगित भएको छ । कोरोनो भाइरस संक्रमणको त्रासका कारण न्याम्सको चैत ७ गते हुने भएको तेस्रो दिक्षान्त समारोह स्थगित गरिएको न्याम्सले जनाएको छ ।   

कोरोना भाइरस विश्वब्यापी बन्दै गएकोले नेपालमा पनि जोखिम बढेको भन्दै संक्रमण न्यूननिकरणका लागि न्याम्सले कार्यक्रम स्थगित गरेको हो ।   

नेपाल सरकारले कोरोना भाइरसबाट बच्न कुनैपनि सभा समारोह र भिड हुने कार्यक्रम नगर्न भनेको छ । साथै जोखिम न्यूनिकरणका उपाय अपनाउन भनेपछि न्याम्सले कार्यक्रम अनुकुल समयमा गर्ने भन्दै स्थगित गरेको हो ।   

null

यस अघि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दिक्षान्त समारोह पनि स्थगित भइसकेको छ । प्रतिष्ठानको फागुन २४ गते अर्थात आज हुने १३ औं दिक्षान्त समारोह पनि स्थगित गरिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *