जलविद्युतमा लगानी गर्दै एनएमबि बैक

फागुन ८, काठमाडौं । एनएमबि बैक लिमिटेडले आशुतोष इनर्जी प्रा. लि.द्घारा प्रवद्र्घित लम्जुङ्ग जिल्लाको दुधपोखरी गाउँपालिका तथा गोरखा जिल्लाको अजिरकोट गाउँपालिकामा अवस्थित ८.६३ मेगावाटको चेपे खोला साना जलविद्युत आयोजनामा लगानी गर्नको लागि सम्झौता गरेको छ ।   

८.६३ मेगावाट क्षमताको चेपे खोला साना जलविद्युत आयोजनाको कुल लागत एक अर्व पचास करोड रहनेछ । जसमध्ये बैकको लगानी एक अर्ब बाह्र करोड पचास लाख रुपैयाँ हुने बैंकले जनाएको छ ।   

यससँगै एनएमबि बैक लि.को कूल ४० वटा जलविद्युत आयोजनाहरुमा लगानी हुनेछ ।   

चेपे खोला साना जलविद्युत आयोजना जलविद्युत क्षेत्रका अनुभवी प्रवद्र्घकहरु तथा स्थानीय बासिन्दाहरुको लगानीमा निर्माण हँुदैछ । 

व्यापारिक उत्पादन शुरु गर्नुपर्ने मिति ०७८ फाल्गुण ९ गते भएतापनि कम्पनीले ४ महिना अगावै व्यापारिक उत्पादन शुरु गर्ने लक्ष्य राखेको छ ।   

विद्युत गृहबाट उत्पादित विद्युत लमजुङ्ग जिल्लामा अवस्थित कीर्तिपुर सब स्टेशनमा जडान गरिनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *