दीपक मनाङेको प्रवेशले नेकपामै असन्तुष्टिः ‘यस्तालाई जेलमा राख्नुपर्छ’

 

असार १९, काठमाडौं । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेपछि पार्टीका केही सांसद तथा नेताहरुले असन्तुष्टि पाेखेका छन् । 

निर्वाचनमा नेकपाकै समर्थनमा मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेदवार मनाङेलाई आज गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले पार्टी प्रवेश गराएसँगै पार्टीकै नेताहरुले यसको विरोध जनाएका हुन् । 

null

पार्टीका स्थायी कमिटी सदस्य तथा सांसद योगेश भट्टराईले आपराधिक पृष्ठभूमिका दीपक मनाङेलाई नेकपा प्रवेश गराएको भन्दै आपत्ति जनाए । 

राजनीतिक पार्टीलाई मान्छे त चाहिन्छ नै तर कस्ता मान्छे ? कस्ता कस्ता ल्यायौ? कस्ता कस्ता ल्याउंदै छौ ? परिणाम् के भैरहेको छ ? राम्ररी बिचार गरौ है ! 

‘राजनीतिक पार्टीलाई मान्छे त चाहिन्छ नै तर कस्ता मान्छे ल्यायौँ ? कस्ता कस्ता ल्याउँदै छौँ ? परिणाम के भैरहेको छ ? राम्ररी विचार गरौ है !’, सांसद भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । 

यस्तै नेकपाकै अर्का विद्यार्थी नेता सुरेन्द्र बस्नेतले दीपक मनाङेलाई पार्टी प्रवेश गराउनु गलत भएको भन्दै उनलाई जेलमा राख्नुपर्ने धारणा राखे । उनले मनाङेले काठमाडौंका गल्ली गल्लीमा व्यक्ति हत्यादेखि लुटपाट र अन्य अपराध मच्चाएको स्मरण गरे । 

 

सामाजिक सञ्जालमा फेसबुकमा उनले लेखेका छन्, ‘काठमाडौंका गल्ली गल्लीमा अझै पनि दीपक मनाङेका ब्यक्ति हत्या , लुटपाट र अन्य अपराधका हजारौं किस्सा छन्। अदालत, प्रहरी र जनजनमा मनाङेका मुद्दाका फेहरिस्त छन् । बाँचुञ्जेल जनतालाई दुःख दिने यस्ता अपराधीलाई राख्ने ठाउँ जेल हो, कम्युनिष्ट पार्टी किमार्थ हैन। नेकपा नेतृत्व गण चुनाव फेरि पनि आउँछ। हेक्का रहोस्।’ 

०६१ सालमा गुण्डा नाईके चक्रे मिलन समूहसँग खुकुरी हानाहान हुँदा मनाङे समूहले चक्रे मिलनको हात दुई टुक्रा पारिदिएको घटनामा अदालतले दोषी ठहर गरेपछि उनी जेल परेका थिए । थुनामुक्त भएलगतै उनले सांसदको सपथ लिएका थिए । 

निर्वाचनमा मनाङेले ३ सय ९० मतले उनका प्रतिद्वन्द्वी कांग्रेसका कर्म गुरुङलाई पछि पार्दै विजयी भएका थिए। उक्त चुनावमा मनाङेले १ हजार ४ सय १० मत प्राप्त गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *