छवी र शिल्पाको बिहे दर्ता गर्ने सचिवको मृत्युः कारण भने खुल्न सकेन
मकालु खबर
२०७६ साउन १५ गते
साउन १४, काठमाडौँ । नायिका शिल्पा पोखरेल र चलचित्र निर्माता छपि ओझाको विवाह दर्ता गरेका सचिव प्रकाश पौडेलको आइतबार बिहान ३ बजे मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका ८ नम्बर वडा सचिव पौडेललाई छवीको जेठी श्रीमती हेमा ओझाले पहिलाको श्रीमतीसँग सम्बन्ध विच्छेद भएको छ या छैन कुनै छानबीन नगरी छवी र शिल्पाको विवाह दर्ता गराएमा उनी बिरुद्धमा अख्तियारमा उजुरी दर्ता गरेकी थिईन् ।
null
उनी विरुद्ध अख्तियारमा उजुरी दर्ता भएपछी तनावमा रहेका सचिव पौडेलको के कारणले मृत्यु भयो कारण भने खुल्न सकिएको छैन ।
पौडेल सँगै हेमाले बिहेमा साक्षी बसेकी निर्देशक सम्झना उप्रेती रौनियार र उनका पति अर्थात सिनियर फोटोग्राफर विकास रौनियार लाई पनि अख्तियारमा उजुरी दर्ता गरेकी छिन् ।
परिवारले जानकारी दिए अनुसार मंगलबार पशुपति आर्यघाटमा उनको दाह–संस्कार गरिएको छ ।
मकालु खबर
२०७६ साउन १५ गते
प्रतिक्रिया
सम्बन्धित