२०१९ का लागि कोरियाले १० हजार नेपाली कामदार लग्ने, फागुनको दोस्रो साता भाषा परीक्षाको आवेदन

काठमाडौं : रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०१९ का लागि नेपालले १० हजारभन्दा बढी कामदार कोटा पाउने भएको छ। 

कोरिया सरकारले आफ्नो देशमा आवश्यक पर्ने विदेशी जनशक्तिको संख्या निर्धारण गरेसँगै नेपालले यो संख्यामा कोटा पाउने बताइएको छ। कामदार छनोटका लागि फागुनको दोस्रो साता १० औं भाषा परीक्षाको आवेदन आह्वान हुने भएको छ। 

कोरियालले नेपाली कामदारको कार्यक्षमता उत्कृष्ट रहेको जनाउँदै थप कामदार छनोटका लागि फागुनमा भाषा परीक्षाको सूचना आह्वान गरी जेठको अन्तिम र असार पहिलो साता भाषा परीक्षा गर्ने योजना बनाइएको छ। 

null

वैदेशिक रोजगार विभाग इपिएस शाखाले विगतको वर्षको उत्तीर्ण संख्याका आधारमा आगामी वर्षका लागि नेपालले अनुमानित १० हजार कोटा पाउने जनाएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *