एनएमबी बैंकले ल्यायो दुई नयाँ आकर्षक योजना

फागुन १०, काठमडौं । एनएमबि बैंकले आफ्नो लोकप्रिय ‘एनएमबि तलब खाता’ र ‘एनएमबि सुपर तलब खाता’मा परिष्कृत विविधताका साथ नयाँ खाता योजनाहरु सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत खातावालालाई रु.१८ लाख सम्मको कुल वीमा सुविधा प्रदान गरिने जनाइएको छ । 

दुई नयाँ योजनाहरु मध्ये ‘एनएमबि प्रिमियम तलबखाता’मा ग्राहकहरुलाई रु १० लाख सम्मको दुर्घटना मृत्यू वीमा, १८ प्रकारका घातक रोगहरुको लागि रु ५ लाखसम्मको वीमा सुविधा प्रदान गरिएकोछ ।   

‘एनएमबि प्रिमियम सुपर तलबखाता’मा ग्राहकले रु. १० लाखसम्मको दुर्घटना मृत्यसु बीमा, १८ प्रकारका घातक रोगहरुको लागि रु ७ लाखसम्म बीमा र रु १ लाखसम्मको स्वास्थ्य उपचार बीमाबाट लाभ लिनेछन् ।   

उल्लेखित खाताहरु शुन्य मौज्दातमै खोल्न सकिने छ । 

रकम मात्र नभई सुविधाको दायरा पनि बिस्तार गर्ने उद्देश्यको साथ ‘एनएमबि प्रिमियम तलब खाता’ र ‘प्रिमियम सुपर तलब खाता’ को सुरुवात गरिएको हो । 

ग्राहकको अतिरिक्त आवश्यकतालाई मध्यनजर गर्दैै यस प्रकारको खातामा वित्तीय क्षेत्रमै अद्वितीय र पृथक प्रकारको योजना ल्याएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *