प्रदेश २ मा बेइमानी र भ्रष्टाचार बढ्योः प्रचण्ड
बैशाख १७, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेश २ सरकार सही तवरले अघि बढ्न नसकेको बताएका छन् ।
मंगलबार मधेसका विभिन्न पार्टीमा रहेका क्रियाशिल नेताहरुलाई आफ्नो पार्टीमा प्रवेश गराउँदै उनले यस्तो बताएका हुन् ।
null
प्रदेश २ सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै कार्यक्रममा उनले भने, ‘मधेसमा अहिले सरकार जसरी चलेको छ, ठिक चलेको छैन । त्यो मधेसी जनताको हित अनुकूल छैन ।’
मधेसमा देश टुक्र्याउने चलखेल भएको भन्दै उनले आशंका व्यक्त गरे । उनले भने, ‘तराई मधेमा पनि कम्युनिस्ट सरकारकै नेतृत्वमा सरकार बन्नु मात्रै त्यहाँको जनताको हितमा हुनसक्छ । नत्र मधेसी जनताको हित छैन ।’
प्रचण्डले सरकार बनेर यहाँसम्म आइपुग्दा मधेसमा झन् झन् बढी भ्रष्टाचार र बेइमानी बढेको पनि आरोप लगाए ।
पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले जनतालाई बढी भन्दा बढी अधिकार दिनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरी संविधान संशोधन गराउन प्रयत्न गरेको बताए ।