मेलम्ची खानेपानी आयोजना जापनिज कारको स्पिडमाः प्रधानमन्त्री

 

पुस १९, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजनाको काम जुनसुकै परिस्थितिमा पनि अघि बढाइने बताएका छन् । 

बिहीबार ललितपुरको बालकुमारीमा ‘फोहोर पानी प्रशोधन केन्द्र’ को शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजनाको काममा अन्यौलता छाएको नठान्न सबैलाई आग्रह गरे । आयोजनाको कामलाई पूर्णता दिन ढिलाइ नहुने प्रधानमन्त्रीको दाबी छ । 

null

उनले मेलम्ची खानेपानी आयोजनाको कामले एक वर्ष यता तीव्रता लिएको उल्लेख गर्दै मेलम्ची खानेपानी आयोजनाको काम एक वर्ष यता जापनिज कार चिल्लो सडकमा दौडिएको जसरी दौडिएको बताए । 

त्यस्तै उनले बागमति नदिको सन्दर्भमा बागमती नदीलाई नुहाउन मिल्ने गरी पुरानै अवस्थामा परिणत गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘काठमाडौँ उपत्यकामा स्वच्छ हावा, सफा र पिउन योग्य पानी बनाउने संकल्पप्रति सरकार प्रतिबद्ध छ,’ उनले भने। 

चाइनाको साफ बोन वाटर सर्भिस होल्डिङले सो प्रशोधन केन्द्र निर्माणको जिम्मेवारी लिएको छ। कुल ६० करोड ७५ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको सो प्रशोधन केन्द्र ३० महिना भित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ। प्रधानमन्त्री ओलीले सो प्रशोधन केन्द्रको निर्माण कार्य समयमै सम्पन्न हुने विश्वास पनि व्यक्त गरे। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *