विद्यार्थी टिकाउने विद्यालयलाई प्रोत्साहन अनुदान
असार २८, चितवन । सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या वढाउन सफल नगर भित्रका २ वटा विद्यालयलाई खैरहनी नगरपालिकाले अनुदान प्रदान गरिएको छ ।
साथै गत वर्षको माध्यमिक शिक्षा परिक्षा (एसईई) र आधारभूत शिक्षा उर्तिण परिक्षामा उत्कृष्ठ नजिता ल्याउने २ वटा विद्यालयलाई नगदसहित सम्मान गरिएको छ । सामुदायिक विद्यालय सवलीकरणका लागि सरोकारवालाको क्षमता विकास सम्वन्धी दुई दिने गोष्ठीको शनिवार आयोजित उद्घाटन कार्यक्रममा ति विद्यालयहरुलाई अनुदान प्रदान गरिनुका साथै सम्मान गरिएको हो ।
null
गत वर्षको तुलनामा शैक्षिक शत्र २०७६ मा सवैभन्दा वढि प्रतिशत विद्यार्थी भर्ना गरी संख्या वढाउन सफल खैरहनी २ स्थित राष्ट्रिय आधारभूत विद्यालय पटिहानी र खैरहनी १० स्थित राष्ट्रिय आधारभूत विद्यालय वडगाँउलाई विद्यार्थी टिकाउ प्रोत्साहन स्वरुप नगद २५ हजारका दरले अनुदान दिईएको नगर शिक्षा अधिकारी महेन्द्र पौडेलले जानकारी दिए ।
त्यस्तै गत वर्षको एसईई र आधारभूत शिक्षा उर्तिण परिक्षामा उत्कृष्ट नजिता ल्याएको खैरहनी १ स्थित कंकाली माध्यमिक विद्यालयलाई नगद १५ हजार र खैरहनी ४ स्थित आधारभूत तहमा जन एकता आधारभूत विद्यालयलाई नगद १० हजार रुपैयासहित प्रसंसा पत्रले सम्मान गरिएको नगरपालिकाका सामाजिक विकास समिति संयोजक समेत रहेका खैरहनी ७ का वडाध्यक्ष मनेजर महतोले जानकारी दिए ।
खैरहनी नगरपालिका उपप्रमुख सुनिता थपलिया,प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्मा,नगर शिक्षा अधिकारी महेन्द्र पौडेलले सयुक्त रुपमा ति विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका अध्यक्षलाई सम्मान तथा अनुदान प्रदान गरेका थिए ।