मलद्वारमा लुकाएकाे लागुऔषध दिसा गराएर निकालियाे

विराटनगर, बैशाख ८ । विराटनगर र प्रहरीले विराटनगरबाट मलद्वारमा लुकाएर ल्याएको लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । 

विराटनगर-१४ स्थित जतुवा नहरमा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतको जोगबनीबाट नेपाल बिराटनगरतर्फ पैदल आउदै गरेका जिल्ला सुनसरी ईटहरी उपमहानगरपालिका–३ घर भएका २२ वर्षीय राजन न्यौपानेलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए । 

 

null

मोरङ प्रहरी प्रवक्ता श्रेष्ठका अनुसार डाजेल्याब १ एम्पुल, लुपिजेसिक १ एम्पुल, एभिल १ एम्पुल सहित न्योपानेलाई पक्राउ गरिएको जनाएका छन् । प्रारम्भिक सोधपुछको क्रममा न्योपानेले अन्य नियन्त्रित लागु औषध मलद्वारमा लुकाई राखेको खुले पश्चात उक्त लुकाई राखेको लागु औषध प्राकृतिक रूपमै दिशाबाट निकालिएको छ । 

उनले मलद्वारभित्र डाजेल्याब ६ एम्पुल, लुपिजेसिक ६ एम्पुल र एभिल ६ एम्पुल लुकाएर ल्याएका थिए । पक्राउ परेका न्योपानेलाई मोरङ जिल्ला अदालतबाट लागु औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत म्याद थप गरी थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *