नेपाल बंगलादेश बैंकद्वारा पशुपति क्षेत्रको सरसफाइका लागि डस्वीन वितरण

फागुन ४, काठमाडौं । नेपाल बंगलादेश बैंकले पशुपति क्षेत्रको सरसफाइका लागि डस्वीन वितरण गरेको छ ।   

बैँकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शनिबार पशुपतिक्षेत्र विकास कोषको सहकार्यमा एकता होटल तथा गेष्ट हाउस व्यावसायी संघले संरक्षण गर्ने गरी डस्वीन हस्तान्तरण गरेको हो । 

बैंकका कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रमको समुद्धघाटन प्रमुख अतिथि पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले गरेका थिए ।   

null

कार्यक्रममा बोल्दै पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले विश्व सम्पदासूची पशुपतिनाथ क्षेत्र वरीपरीको सरसफाइले नेपाली समाजको सभ्यतालाई विश्वभर चिनाउने बताए ।   

विश्व सम्पदा सूची पशुपतिनाथ क्षेत्रमा बैंंकले पहिले देखिनै गर्दे आएको यस प्रकारको लगानीको सामाजिक रुपमा उच्च मूल्याङकन रहेको बताए ।   

साथै, यस कार्यक्रममा बैंकको तिलगंगा शाखाको ए.टि.एम पनि उद्धघाटन गरिएको थियो । कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले बैंकमा खाता नभएका नेपालीहरुलाई नयाँ खाताखोले क सय बैंकले बचत गरिदिने बताउनुका साथै बंैकका सबै सेवाबाट भरपुर फाइदा लिन आग्रह गरे ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *