नछुटोस् छुट पाउने मौका !

कात्तिक १८, काठमाडौँ । चाडपर्वलाई लक्षित गरी विभिन्न योजनाहरु सार्वजनिक गर्दै आएको एनआइसी एशिया बैंक लिमिटेडले ‘नछुटोस् छुट पाउने मौका’ योजना सार्वजनिक गरेको छ । 

ग्राहकहरुको चाहना अनुरूप आफ्ना सेवाहरूलाई परिस्कृत गर्दै आइरहेको यस बैंकले आउँदै गरेको शुभ–दिपावलीको उपलक्ष्यमा ‘नछुटोस् छुट पाउने मौका’ मूल नारासहितको योजना सार्वजनिक गरेको हो । 

यस योजना अन्तर्गत बैंकले मोबाइल बैंकिङ्ग तथा QR कोड माध्यमबाट कारोबार गर्दा ५% वा रु. ५०० सम्मको छुटको व्यवस्था गरेको छ।  बैंकले आफ्ना ग्राहकहरुलाई ‘नछुटोस् छुट पाउने मौका’ भन्ने योजनामा सहभागी हुन अनुरोध गरेको छ । 

null

हाल बैंकले मुलुकभर २६५ शाखा कार्यालयहरु, २६५ एटिएम, २७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

बैंकको वासलातको आकार रू. २०० अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६७ अर्ब तथाकर्जा रू. १४१ अर्ब पुगी निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको बैंकले जनाएको छ । 

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको बैंकका सूचना अधिकारी सुधिर नाथ पाण्डेले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *