प्रहरी जवान बिकलाई घुस दिन खोज्ने चालक पक्राउ

 

जेठ ३२, काठमाडौं । ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक जना चालक पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी प्रभाग थानकोटका प्रहरी जवान कुमार बिकलाई एक हजार रुपैयाँ घुस दिने कलंकीबाट हेटाँैडा जाँदै गरेको ना६ख ६५२५ नम्बरको मालवाहक ट्रकका चालक शनिबार साँझ पक्राउ परेका हुन् । 

 

null

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख बसन्त कुमार पन्थले चालक काभ्रे जिल्ला बेथान चोक गाँउपालिका १ स्थायी घर भएका २५ वर्षीय बिष्णु केसीलाई प्रहरीलाई प्रलोभनमा पारी घुस दिँदादिँदै नियन्त्रणमा लिएको बताए । 

महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रमुख इन्सपेक्टर शंकर खड्काका अनुसार उक्त सवारी साधनको चालकले मादक पदार्थ सेवन गरि सवारी चलाउने चालकलाई नियन्त्रणमा लिएर राखिएको पुष्टी गरे । 

एक हप्ता अगाडि मात्रै महानगरीय ट्राफिक प्रहरी प्रभाग थानकोटले घुस सहित दुई जनालाई पक्राउ गरि नियन्त्रणमा लिए सिभिल प्रहरीलाई बुझाइएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *