मुख्यमन्त्री राई उपचारका लागि थाइल्याण्ड प्रस्थान

२०७५ कार्तिक १६ गते

कात्तिक १६, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई उपचारका लागि आज थाइल्याण्डको राजधानी बैंककतर्फ प्रस्थान गरे ।
दुई वर्षदेखि घाँटीको समस्याबाट पीडित उनकाके बैंककस्थित बुम्रुनग्राड इन्टरनेशनल हस्पिटलमा उपचार हुने मुख्यमन्त्री राईका प्रेस सल्लाहकार धु्रव सुवेदीले बताए ।
यसअघि उनी वीरअस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, ग्राण्डी अस्पताल, नेपाल मेडिसिटीलगायतका अस्पतालमा उपचार गराएपनि रोग पत्ता लाग्न नसकेको प्रेस सल्लाहकार सुवेदीले जानकारी दिए ।
null
उनी कात्तिक २४ गते स्वदेश फर्किने कार्यक्रम रहेको बताइएको छ । मुख्यमन्त्री राईको उपचार उनको निजी खर्चमा हुने भनिएको छ ।

२०७५ कार्तिक १६ गते
प्रतिक्रिया
सम्बन्धित