आज चट्याङसहित वर्षाको सम्भावना, यस्तो छ तीन दिनको पूर्वानुमान

चैत १८, काठमाडौं । आज बेलुकीदेखि देशका केही ठाउँमा चट्याङ र हावाहुरी सहित पानी पर्ने सम्भावना छ ।   

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले बेलुकीदेखि भने केही ठाउँमा चट्याङ र हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको हो । यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।   

ठूलो पानी वा भारी हिमपातको सम्भावना भने कतै पनि नरहेको महाशाखाको भनाई छ । मनसुन अघिको अवस्था रहेकाले नजिकै कतै पानी पर्दा नजिकै अर्को ठाउँमा भने पानी नपर्न पनि सक्छ ।   

null

यस्तो छ तीन दिनको पूर्वानुमान :- 

चैत्र १८ गते (मंगलबार) 

दिउँसोः देशको पश्चिमी भू-भागमा आँशिक देखि सामान्य बदली र मध्य र पुर्वका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ । 

रातीः  देशको पश्चिमी भू-भागमा सामान्य बदली , मध्य र पुर्वका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ । पश्चिमी भू-भागका थोरै स्थानहरुमा र  मध्य र पुर्वका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/हावाहुरी सहित वर्षा हुन सक्ने देखिएको छ । हिमाली भू-भागका केही स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ | 

चैत्र १९ गते (बुधबार) 

दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रही पश्चिमी पहाडी भू-भागका एक / दुई स्थानमा र मध्य र पूर्वका थोरै स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ | हिमाली भू-भागका केही स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ | 

रातीः  देशभर आँशिक देखि सामान्य बदली रही पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन/हावाहुरी  सहित वर्षाको सम्भावना रहेको छ | हिमाली भू-भागका थोरै स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ | 

चैत्र  २० गते (बिहीबार) 

दिउँसोः देशका पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही पश्चिमी पहाडी भू-भागका एक/दुई स्थानमा र मध्य र पूर्वका थोरै स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ | हिमाली भू-भागका केही स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ | 

रातीः  देशका पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही पश्चिमी पहाडी भू-भागका एक/दुई स्थानमा र मध्य र पूर्वका थोरै स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ | हिमाली भू-भागका केही स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ | 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *