तैमूरको ट्रोल बनाउनेलाई करिनाले दिइन् यस्तो कडा जवाफ

 

चैत ४, काठमाडौँ । बलिउड अभिनेत्री करिना कपूर कहिले आफ्नो फिटनेस त कहिले चलचित्रका कारण चर्चामा आइरहन्छिन् । अहिले पनि उनी आफ्नो छोरा तैमूरका कारण चर्चामा छिन् । 

सामाजिक सञ्जालमा तैमूर अली खान ट्रोल बनेपछि उनले दिएको जवाफका कारण उनी चर्चामा आएकी हुन् । करिनाले तैमूरको ट्रोलको कडा जवाफ दिएकी छिन् । 

null

करीना चलचित्र ‘वीरे दि वेडिङ्गमा व्यस्त भएपछि सामाजिक सञ्जालमा तैमूरलाई हेर्दा भोकले मर्न लागेको जस्तो देखिन्छ भन्ने ट्रोल बनेको थियो । सोही ट्रोलको जवाफ दिँदै करीनाले भनिन्, ‘अहिले तैमूर भोकले मरेको छैन । वास्तवमा मलाई लाग्छ, ऊ अहिले ज्यादा खाइरहेको छ । मोटो देखिएको छ ।’ 

‘मेरो दुई वर्षको छोरा तैमूरको जिन्दगीमा यति धेरै रुचि राख्नुहुन्छ । तैमूरले के खान्छ, कस्तो लाउँछ । यहाँसम्म कि उसको गुडिया समेत बनेको छ । तैमूरलाई लगातार मिडियाले फलो गरेका छन् । उसको स–सानो कुरा पनि मिडियामा आइहाल्छ’, आश्चर्य मान्दै उनले भनिन् । 

करीना कपूर कहिले आफ्नो फिटनेस त कहिले फिल्म्का कारण चर्चामा आइरहन्छिन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *