चूडामणि शर्माको बन्दी प्रत्यक्षीकरण मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा राखियो

काठमाडौं, साउन ३ ।  आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई हिरासतमुक्त गरिपाऊँ भन्दै सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइ फेरि सरेको छ । उक्त मुद्दाको पेशी मंगलबार (आज) तोकिएकोमा बहस नसकिएकाले भोलि (बुधबार)का लागि हेर्दाहेर्दैमा राखिएको छ ।

मंगलबार अधिवक्ताहरु सतिषकृष्ण खरेल, द्रोणबहादुर कार्की र परशुराम कोइरालाले बहस गरेका थिए । न्यायाधीशहरु प्रकाशमान सिंह राउत र चोलेन्द्रशमशेर जबराको इजलाशमा उक्त मुद्दा राखिएको थियो ।

गैरकानुनी रुपमा थुनामा राखेको भन्दै शर्माकी श्रीमती कल्पना उप्रेतीले मंगलबार थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन् । रिटमा शर्मासँग अमानवीय ढंगबाट धरौटी रकम माग गरिएको भन्दै अख्तियारलाई कर फरछ्र्योट आयोगले गरेको कामकारबाहीप्रति अनुसंधान गर्ने अधिकार नभएको उल्लेख छ ।

रिटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विशेष अदालत र अनुसन्धान अधिकृत राजन अधिकारीलाई विपक्षी बनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *