चितवनको रत्ननगरमा बसको ठक्करबाट दुई जनाको मृत्यु

चितवन, मंसिर २२ । चितवनको रत्ननगरमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ३१६६ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको ना ४० प ९९१० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुईजनाको मृत्यु भएको हो ।

गएराति करिव ११ बजेको समयमा रत्ननगरको टिकौलीस्थित पेट्रोल पम्पअगाडि भएको उक्त दुर्घटनामा परी मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ का करिब २६ वर्षीय शंकर भण्डारी रहेको प्रहरीले जनाएको छ ।

अर्का एकजनाको भने सनाखत हुन सकेको छैन । उनीहरुको राति नै उपचारका लागि चितवन मेडिकल कलेज लगिएकामा तत्कालै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । शव अहिले चितवन मेडिकल कलेजमै राखिएको छ । बस र त्यसका चालक भने इलाका प्रहरी कार्यालय, रत्ननगरको नियन्त्रणमा रहेको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *