चिसो बढेसंगै कैलालीका अस्पतालमा बिरामीको चाप

पुस ४, धनगढी । कैलालीमा तापक्रम घटेपछि दिनानुदिन चिसो बढ्दै गएको छ । चिसोका कारण कैलालीको जनजिवन प्रभावित बनेको छ । चिसो बढेसंगै अस्पतालमा चिसोका कारण अस्पताल आउने बिरामीहरुको सङ्ख्यामा समेत वृद्धि भएको छ । अहिले दैनिक २ देखि ३ सय बिरामीहरु चिसोका कारण विभिन्न समस्या लिएर अस्पताल आउने गरेका छन् ।

कैलालीमा एकै दिन तापक्रम २ डिग्रीले झरेको छ । कैलालीको तापक्रम यस्तै जाडो सुरु भैसकेकाले अब दिनदिनै न्यूनतम तापक्रम घटेर चिसो बढ्नेछ । जिल्लामा मौसम परिवर्तनसँगै बढेको चिसोका कारण बिरामीको सङख्या बढ्दै गएको छ । यो सङ्ख्या अझै बढ्न सकिने सेती अञ्चल अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए । बाक्लो हुस्सु र चिसो हावाका कारण रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी निकै बढेका छन् । दुधे बालकदेखि वृद्धवृद्धा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनिया लगायतका प्रकोपबाट पीडित भएका छन् । चिसोबाट बच्न न्यानो कपडा लगाउनुपर्ने र खानपानमा विशेष ध्यान दिनुपर्ने सुझाव स्वास्थ्यकर्मीले दिएका छन् ।

कैलालीका विभिन्न स्थानमा न्यूनतम तापक्रममा एक्कासि गिरावट आएसँगै चिसो बढेको हो । बिहीबार बिहान सम्म न्यूनतम ३० दशमलव ८ डिग्री सेल्सियस तापक्रम रहेको कैलालीमा शनिवार बिहान ९ दशमलव ५ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम कार्यालय अत्तरीयाका प्राविधिक बिमल चौधरीले बताए । अहिले पश्चिमी तराई क्षेत्रमा दिनानुदिन तापक्रम घट्दै गएको पाइन्छ ।

चिसो बढेको बेलामा बालबालिका बृद्धबृद्धा र सुत्केरीको स्वास्थ्यमा विशेष ख्याल राख्न सेती अञ्चल अस्पताल इमेर्जे्न्सि शाखाका इन्चार्ज कृष्ण बोहराले आग्रह गरे सबैले स्वास्थ्यको ख्याल गर्नु पर्ने मौसम अनुकूलको खानपान, तातो पानी तथा झोलिलो खानेकुरा धेरै पिउने, न्यानो कपडा लगाउने, बिहान बेलुका चिसोमा सकेसम्म ननिस्कने गरे चिसोबाट बच्न सकिने चिकित्सकहरुको सुझाव छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *