संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारी सरुवा हुन नपाउने

काठमाडौं, असोज ३० । संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारी एक तह बढुवा भएपछि सरुवा हुन नपाउने भएका छन् । सरकारले ल्याउन थालेको ‘कर्मचारी समायोजन ऐन–२०७४’मा तीन तहमा समायोजन गरी गएका कर्मचारी त्यही तहमा बढुवा भए पुनः अर्को तहमा जान नपाउने व्यवस्था गरिएको सामान्य प्रशासन मन्त्रालयमा प्रवक्ता शिवराम न्यौपानेले बताउनुभयो ।

उहाँले समायोजनपछि सरुवा भएका प्रदेश र स्थानीय तहका कर्मचारी बढुवापछि सोही ठाउँमा बस्नुपर्ने बताउनुभयो । यही असोज २२ गते व्यवस्थापिका–संसद्बाट पारित भई हिजो राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणिकरण भएको ऐनमा कर्मचारी एउटा प्रदेशबाट अर्को प्रदेशमा र एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा पनि जान पाउने भएको उहाँले बताउनुभयो ।

ऐनमा समायोजनपछि पनि कर्मचारीको सुरक्षा र वृद्धि विकासलाई निरन्तरता दिएको छ । तीनै तहका कर्मचारीलाई अध्ययन बिदा, सेमिनार, गोष्ठीको अवसर समानुपातिक ढंगबाट वितरण गर्ने पनि उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *