भगवती चौधरीः अब देशकी छोरी बन्ने क्रममा

सुनसरी क्षेत्र नम्बर तीन आर्थिक, सामाजिक र भौतिक विकासका दृष्टिले पारिलो घाम लाग्न नसकेको ठाउँ हो । यस क्षेत्रका जनताले जीताएका एकै जना प्रतिनिधिले २६औं वर्ष सम्म देशको नीतिगत र निर्णायक तहमा दर्विलो उपस्थिति जनाउन पाएका हुन । यो क्षेत्रले उहाँबाट ठुलो अपेक्षा पनि गरेको हो । विडम्बना विकास र सम्वृद्धिले कहिल्यै उचाइ लिन सकेन । पटक पटक मन्त्री, उपप्रधान मन्त्री भएका व्यक्तिको क्षेत्रका वासिन्दा हौँ भनेर यो क्षेत्रका जनताले गर्व गर्ने विकासका कुनै काम भएनन् । त्यसैले जनताले परिवर्तन चाहेका छन् । जनताले विकास र सम्वृद्धि खोजेका छन् । त्यसका लागि भगवती चौधरीलाई प्रतिनिधि सभा र प्रदेशसभा (१) तर्फ लीलम बस्नेत र (२) तर्फ रामदेव यादवलाई उमेदवार रोजेका छन् । थारु समुदायमा जन्मिएर तीन नम्बर क्षेत्रका जनताले देख्दादेख्दै हुर्किएर देशकै उदाहरणीय बन्न सफल व्यक्ति हुनुहुन्छ भगवती चौधरी । जनताको जीवन स्तरमा आमूल परिवर्तन ल्याउन सक्ने व्यक्तित्वका रूपमा उहाँ देशमै उदाहरणीय हुनुहुन्छ । उहाँसँग भाषण र नारामा मात्र होइन व्यवहारमै सुनसरी क्षेत्र नम्बर तीनलाई देशमै उदाहरणीय बनाउन सक्ने योजना र सपना छन् ।

को हुन भगवती चौधरी

१. समाजसेवीकी छोरी

आदिवासी जनजाति थारु समुदायको मध्यम वर्गिय किसान परिवारमा ४६ वर्ष अघि भगवती चौधरीको जन्म भयो । सुनसरी जिल्ला औरावनी गा.वि.स. वार्ड नं. ३ मा बाजे कुमहरलाल चौधरी बुवा बिरनलाल चौधरी र माता लिटियादेवी थरुनी चौधरीको कोखबाट सातौँ सन्तानको रूपमा उहाँको जन्म भएको हो । उहाँको दाङ्ग जिल्ला सोनपुर गा.वि.स. नर्ती गाँउका युवा सामाजिक अगुवा दिनेश चौधरीसँग २०५१ सालमा ‘स्टेज म्यारिज’ भयो । श्रीमानको दुर्घटनामा परी २०६४ सालमा निधन भयो । भगवती चौधरीको बुवा समाजसेवी हुनुहुन्थ्यो । उहाँले गाँउमा श्री सरस्वती माध्यामिक विद्यालय स्थापना गर्नु भएको थियो । त्यही विद्यालयमा चौधरीले अध्ययन गर्नु भएको हो ।

२. थारु समुदायमा मात्र होइन देशकै उदाहरणीय महिला

सुनसरीको तत्कालीन औरावनी गाविसमा त्यो बेला छोरीलाई स्कुल पढाइदैनथ्यो । तर, भगवती चौधरी स्कुल जानु भयो । उहाँ स्कुल गएको देखेर धेरैले छोरीलाई स्कुल पठाउन थाले । थारु समुदायकी छोरी भगवती चौधरीले स्नातकोत्तर सम्मको अध्यन गर्नु भएको छ । समाज सेवा र राजनीतिमा सक्रिय बन्नु भयो । अहिले थारु समुदायमा ‘सन्तान हुनु त भगवती जस्तो’ भन्दै उहाँको उदाहरण दिने गर्छन् । भगवती चौधरी थारु समुदायमा मात्र होइन स्पष्ट दृष्टिकोण र त्यो दृष्टिकोणलाई कार्यावन्यन गरी समाज रूपान्तरण गर्न सक्ने देशकै अब्बल नारीमा गनिनु हुन्छ । थारु समुदायकी महिलाले सञ्चालन गरेको फरवार्ड कम्यूनिटि माइकोफाइनान्स वित्तीय संस्था लिई.मा देशभरका सवा दुई लाख महिला आबद्ध छन् । उहाँले (घ) वर्गको बैङ्कको नेतृत्व गरिरहनु भएको छ । साथै ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड) लगायत दर्जनौं सङ्घ संस्थामा आबद्ध हुनुहुन्छ ।

३. राष्ट्रकै छोरी बन्न चाहने क्षेत्र नम्बर ३ की छोरी

जनताको जीवन स्तर कसरी उकास्न सकिन्छ ? महिला, बालबालिका र पछाडि पारिएका समुदायलाई आर्थिक रूपमा सबल बनाउन के गर्नु पर्छ ? त्यसको स्पष्ट योजना र सपना कसैसँग छ भने त्यो भगवती चौधरीसँग मात्र छ । भनिन्छ ‘अकवरी सुनलाई कसी लगाउनु पर्दैन ।’ भगवती चौधरी विपन्न जनताको जीवन स्तर परिवर्तन गराउन सक्षम व्यक्ति हो भन्ने कुरा उहाँले सञ्चालन गरेको संस्थाले लाखौँ लाख व्यक्तिको जीवन स्तरमा सुधार ल्याएर प्रमाणित भइसकेको छ । हिजो सम्म के खाँउ र के लाँउ भन्ने परिवार आज व्यवसायी बनेको छ । सयौँ जनालाई रोजगार दिन सक्ने व्यवसायी बनेको छ । उहाँ सुनसरी क्षेत्र नम्बर तीनको विकास, प्रगति र सम्वृद्धिका लागि सदैव लागि पर्ने यो क्षेत्रको छोरी हो नै अब देशकै छोरी बन्न चाहनु हुन्छ । आफ्नो स्पष्ट दृष्टिकोणका कारण समाज परिवर्तन गर्न चाहनु हुन्छ । जनताको आगनमा खुसी र अनुहारमा मुस्कान ल्याउन चाहनु हुन्छ । र, यसकै लागि उहाँले प्रतिनिधिसभा निर्वाचनमा आफ्नो उम्मेदवारी दिनुभएको हो ।

४. क्षेत्र नम्बर तीनलाई देशकै नम्बर १ बनाउने योजना र सपना

जनताले पटक पटक मत दिएर पठाए पनि देशले पटक पटक मन्त्री, उपप्रधान मन्त्री बनाए पनि यो क्षेत्रका प्रतिनिधिबाट सुनसरी क्षेत्र नम्बर ३ ले केही पाउन सकेन । स्वयम् उहाँकै गाँउमा एउटा पनि उच्च मा.वि. स्कुल नहुनु त्यस्को ज्वलन्त उदाहरण हो । यो क्षेत्रका जनताले कच्ची बाटोमै हिँडनु पर्ने तितो यर्थाथ छ । यत्तिका वर्षमा पनि दक्षिण तीरका बाटोघाटो किन पिच हुन सकेनन् ? जनताले यो प्रश्नको जवाफ खोजेका छन् । भगवती चौधरीसँग सुनसरी ३ लाई देशकै उदाहरणीय र नमुना क्षेत्र बनाउने योजना छ, सपना छ । जसले यो क्षेत्रको कायापलट गर्न सक्छ ।

५.जनताको सुख दुखःको सच्चा साथी

भनिन्छ दुःख बाँडे आधा हुन्छ, खुसी वाँडे दोब्बर । सुनसरी क्षेत्र नम्बर तीनकी छोरी भगवती चौधरी सधैँ यही क्षेत्रको जनताको साथमा हुनुहुन्छ । गत साउनमा आएको बाढीको बेला यो क्षेत्रले जीताएर पठाएका जनप्रतिनिधिको अत्तोपत्तो नहुँदा भगवती चौधरीले आफ्नो प्रतिकुल स्वास्थ्यका वाबजुद पनि जनताको दुःखमा मल्हम लगाउन जनताको घरदैलोमा पुग्नुभयो । बाढीले आक्रान्त जनताको पीडामा मल्हम लगाउन अहोरात्र खट्नु भयो । बाढी पीडितलाई आफ्नो व्यक्तिगत र संस्थागत तर्फबाट सक्दो सहयोग गर्नु भयो । यो क्षेत्रका जनताले खुसीको अवसरमा होस् या दुःखका वेला होस भगवती चौधरीकै साथ पाएका छन् ।

६. राजनीतिक जीवन

भगवती चौधरी आफूलाई सामाजिक राजनीतिज्ञ भन्न रुचाउनु हुन्छ । उहाँ राजनीतिलाई नै पेसा बनाउनु पर्छ भन्ने होइन राजनीति गर्नेहरुले पनि पेसा व्यवसाय गर्नुपर्छ भन्ने मान्यता राख्नुहुन्छ । राजनीतिलाई कमाइ खाने भाँडो होइन, समाज सेवा, देश सेवाको माध्यम बनाउनु पर्छ भन्ने मान्यता राख्नु हुन्छ । भगवती चौधरीले २०४८ सालमा पार्टी सदस्यता प्राप्त गरी विभिन्न कार्य व्यस्तताका बाबजुद २०५८ साल देखी पार्टी कार्यमा सशक्त रूपले लाग्नु भएको छ । उहाँ पटक पटक सुनसरी जिल्ला कमिटीको सदस्य बन्नु भयो । उहाँ हाल पार्टीको वैकल्पिक केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँ पार्टीको सामाजिक सेवा विभागको उपप्रमुख पनि हुनुहुन्छ । चौधरी २०६८ सालमा वन तथा भू–संरक्षण राज्य मन्त्री समेत बनेर राज्य सञ्चालनमा योगदान दिनु भएको छ ।

७. देश विदेशको यात्रा

सामाजिक अभियन्ता र राजनीतिक नेतृत्वका रूपमा उहाँले कैयौ देशको भ्रमण गर्नुभएको छ । ती विकसित देशहरूको संम्वृद्धि कसरी सम्भव भयो अध्ययन गर्नु भएको छ । अन्तर्राष्ट्रिय सभा सम्मेलन सेमिनारमा सहभागी हुनु भएको छ । सामाजिक राजनीतिक आर्थिक अध्ययन तथा अनुभवका लागि अमेरिका, चीन, अष्टे«लिया, इण्डोनेशिया, सिंगापुर, मकाउ, हडकड, बङ्गलादेश, स्पेन, फ्रान्स, लक्जेम्वर्ग, स्वीटजरल्याण्ड, थाइल्याण्ड, मलेसिया, भियतनाम, वोलिभिया, ब्राजिल लगायतका देशको भ्रमण गर्नुभएको छ । भ्रमण गरेका विभिन्न क्षेत्रबाट सामाजिक, आर्थिक, महिला शशक्तिकरणमा पु्याएको योगदानको कदर गर्दै सम्मान, प्रशंसा र कदरपत्र समेत प्राप्त गर्नु भएको छ ।
आफ्नो जन्मभूमी सुनसरी क्षेत्र नम्बर ३ को विकास र सम्वृद्धिका लागि चौधरी सँग स्पष्ट दृष्टि कोण र ठोस योजना छ । ती योजना कार्यावन्यनका लागि उहाँ यो क्षेत्रका जनताको प्रतिनिधि बन्न चाहनु हुन्छ । यो क्षेत्रलाई विकास र सम्वृद्धिको यात्रामा अघि बढाउन उहाँलाई प्रदेश सभा (१) का उमेदवार लीलम बस्नेत र (२) का उमेदवार रामदेव यादव जस्ता जुझारु व्यक्तिहरूको दर्विलो साथ छ । उहाँहरूको उमेदवारी क्षेत्र नम्बर ३ का जनताको लागि अवसर हो । आफ्नो गाउँ, ठाउँ र सहरको विकासको ढोका खोल्नु हो । प्रतिनिधि सभामा भगवती चौधरी, प्रदेश सभा (१) तर्फ लिलम बस्नेत र (२) तर्फ रामदेव यादव एमाले र माओवादी केन्द्रका साझा उमेदवार हुनु हुन्छ । उहाँहरूलाई अन्य पार्टीका पनि बौद्धिक व्यक्तिहरू, किसान, मजदुर, व्यापारी, उद्योगपति, विद्यार्थीहरूको दर्विलो साथ छ । त्यसैले आगामी मङ्सिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि वाम गठबन्धनका उमेदवारहरुलाई सूर्य चिन्हमा मतदान गरी अत्याधिक बहुमतले विजयी गराउनु हुन सम्पूर्ण मतदातामा आग्रह गर्दछौँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *