बलिउड नायिका दीपिका पादुकोण नेपाल आउँदै

काठमाडौं, २४ माघ । बलिउड नायिका दीपिका पादुकोण आगामी मार्चमा नेपाल आउने भएकी छिन्।

उनी नायक इरफान खानका साथमा मार्च पहिलो साता नेपाल आउने कार्यक्रम रहेको छ। दीपिका र इरफान फिल्म सुटिङका लागि आउन लागेका हुन्।

विशाल भारद्वाजले निर्देशन गर्ने फिल्मका लागि उनीहरू नेपाल आउन लागेको बताइएको छ। भारद्वाजले फेसबुकमा भनेका छन् छन्, ‘यो नयाँ विषयमा काम गर्ने कुराले उत्साहित छु ।’

यद्यपी, फिल्मको नाम तय भइसकेको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *