बर्दियाका जनप्रतिनिधीले सपथसँगै पदधार ग्रहण गरे


बर्दिया, असार २२ । भर्खरै सम्पन्न भएको स्थानीय तह निर्वाचन २०७४ मा निर्वाचित जनप्रतिनिधीहरुलाई बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण तथा प्रमाण–पत्र प्रदान गरिएको छ । बर्दियाको गुलरियामा मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले र ठाकुरबाबा, मधुवन, राजापुर, बारबर्दिया नगरपालिका तथा गेरुवा गाउपालिकामा सम्बन्धित तहका निर्वाचन अधिकृतहरुले निर्वाचित मेयर र उपमेयर, अध्यक्ष र उपाध्यक्ष तथा वडाअध्यक्षहरुलाई प्रमाणपत्र बितरण गर्नुका साथै र शपथ ग्रहण गराईएको हो ।
शपथ ग्रहणसँगै निर्वाचित जनप्रतिनिधिहरुले आजैबाट आफनो पदभार समेत ग्रहण गरेका छन् । जिल्लाका आठ स्थानीय तह मध्ये ६ तहमा बिहीबार शपथ ग्रहण र पदभार कार्यक्रम सम्पन्न भएको हो ।
ठाकुरबाबा नगरपालिकाका निर्वाचन अधिकृत दशरथ गौतमले नवनिर्वाचित मेयर घननारायण श्रेष्ठ र उपमेयर कृष्णकुश्मा थारु र वडा अध्यक्षलाई पनि शपथ खुवाउनु भएको थियो भने मेयर श्रेष्ठले वडा सदस्यहरुलाई शपथ खुवाउनु भएको थियो ।
शपथ ग्रहण कार्यक्रममा नवनिर्वाचित मेयरहरुले सबै दल र नागरिकहरुसँग हातेमालो गर्दै आ–आफनो नगरपालिकालाई नमुना नगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरुले थारु, मधेशी, महिला, दलित, पिछडिएका समुदायका पक्षमा काम गर्ने बताएका छन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *