टिकटक सेलिब्रिटीको हत्यामा यी युवककाे हात

 

जेठ १३, भारत ।  दिल्ली पुलिसले शुक्रबार टिकटक सेलिब्रिटी एवं जिम प्रशिक्षक मोही मोरको हत्यामा संलग्न भएको आरोपमा एक किशोरलाई पक्राउ गरेको छ । 

१७ वर्षीय आरोपीलाई द्वारका नजिकै पक्राउ गरिएको हो । पुलिसका अनुसार किशोर आरोपीको पहिचान कल डिटेल रकेर्डमार्फत् गरिएको हो । उनी १४ मेमा हत्या अघि २७ वर्षे जिम प्रशिक्षकलाई फोन गर्ने पहिलो व्यक्ति थिए । 

null

एक वरिष्ठ पुलिस अधिकारीले आइएएनएसँगको कुराकानीमा भने, ‘अनुसन्धानमा किशोर र मोहितबीच जिममा झगडा भएको पत्ता लाग्यो । त्यतिबेला जिम प्रशिक्षकले किशोरलाई अन्य दुई मानिसको अघिल्तिर कुटेका थिए । रिसमा किशोरले मोहितलाई हत्या गरिदिने योजना बनाए । उनले हत्यामा आफ्ना दुई साथीको मद्दत लिए ।’ 

किशोरले दिएको बयान उद्धृत गर्दै पुलिसले भने, ‘किशोरले मोहितलाई फोनमा उनी भएको स्थान सोधे । मोहितले आफू एक पसलमा भएको जानकारी दिए । किशोर आफ्ना दुई साथीसँग पसल पुगे र अन्धाधुन्ध गोली हाने । मोरको घटनास्थलमा नै मृत्यु भयो ।’ एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *