लोकतन्त्रका १३ वर्षः जनताका आकांक्षा ज्यूँका त्यूँ

 

सदिऔँदेखिको राणा शासन हटाउन प्रजाले धरै दुःख, कष्ट व्यहोरे । जनताकै संघर्षमा २००७ सालमा राणा शासन हटेर प्रजातन्त्र त आयो तर जनताले भनेबमोजिम राहत पाएनन् । 

२००४ सालमा बनेको सविंधान पूर्ण रूपमा कार्यान्व्यन नुहँदै पुनः २००७ सालमा अर्को सविधान जारी भयो । २०१५ सालमा जनताद्वारा निर्वाचित प्रधानमन्त्रीले केही गर्न खोज्दै गर्दा २०१९ सालमा देशमा पञ्चायती व्यवस्था कायम भयो । 

null

जनताका इच्छा आकांक्षा झन् निरंकुश बन्दै गए र २०२९ सालमा राजनीतिक प्रशासनिक पुर्नसंरचना भयो । अञ्चल तथा विकास क्षेत्र कायम गरियो । ०३७ सालमा जनमत संग्रह गरेर जनताको माग सम्बोधन गराउन तत्कालीन शाही सरकारले निर्वाचनमा दुई फरक रंगको मतपत्र तयार गरी चुनाव गरायो । यसमा जनताको केही जित त केही हार भयो । 

त्यसपछि २०४६ सालमा जनताको निरंकुशमाथि थुपारेको अत्याचार जनताले सहन नसकी २०४६ सालमा बहुदलको जगमा प्रजातन्त्र पुनस्र्थापना भयो तत् पश्चात् उत्कृष्ट सविंधान त बन्यो तर त्यसको पूर्ण कार्यान्वयन नै नभई ०५२ सालमा माओवादी पार्टीको जन्म भयो । 

 

देशको अन्याय अत्याचार भ्रष्टाचारको भण्डाफोर गर्दै दुई खाले वर्गको अन्त्य र समाजवाद भनि देशमा करिब १० वर्ष सशस्त्र जनयुद्ध भयो । यसमा धेरै जनता आततायी बने । हजारौँ जनता विस्थापित र अपांग बने । पीडितको घाउमा अझै पनि मल्लपट्टी लागेको छैन । 

माओवादीको सशक्त आन्दोलनपछि ०६२/६३ सालको जनआन्दोलनमा अन्ततः शाही सरकार घुँडा टेक्न बाध्य भयो । देशमा लोकतन्त्र स्थापना भयो । त्यसपछि जनताका आशाका किरणहरू जाग्न थाले । 

०६४ सालमा सविंधान सभाको निर्वाचनबाट देशमा राजा फाली गणतन्त्र स्थापना गर्ने राजनीतिक दलको एजेण्डा बन्यो । फलस्वरूप देशमा गणतन्त्र स्थापना भयो । देशमा जनताको छोरो राष्ट्रपति बने । संविधान सभाबाट संविधान जारी गरी जनताको माग बमोजिमको राजनीतिक र प्रशासनिक कार्य गर्ने महान् अभिलाषा पालना गराउने दस्तावेजका लागि जनताले लामो प्रतीक्षा गर्नुपर्याे । जुन ०७२ सालमा त्यो पूरा भई अहिले देश संविधानको भावना र जनआन्दोलनको मर्म बुझी अहिले देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देश भएको छ । 

 

तर, जनताले सोजेजस्तो भ्रष्टाचार अन्त्य भएन । देशले विकासको गति लिन सकेन । १० वर्षसम्म लडेका वीर सहिद र उनका परिवारको मन उज्यालो भएको छैन । उनीहरुको आँखा अझै पनि ओभानो पार्न सकेको छैन सरकारले । 

अझै पनि दुर्गममा बाटाघाटो पुग्न नसक्दा, संविधानमा मौलिक हककमा रूपमा कायम भएको हक अधिकार नपाउँदा जनता झनै खिन्न देखिन्छन । असल शासन अनि सुशानसन हुनु पर्नेमा ढिलासुस्ती, विभिन्न विकास निर्माणमा भएको लापरवाहीका कारणले पनि जनतामा लोकतन्त्रको आभाष हुन सकेको छैन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *