मधुमेहको परिचय
माघ १७ । मधुमेह हाम्रो शरीरमा इन्सुलिनको अभाव वा यसको कार्यक्षमतामा आएको कमीको कारण उत्पन्न भएको निको नहुने रोग हो । मधुमेह नियन्त्रण गर्न तथा मधुमेहबाट अन्य समस्या उत्पन्न हुन नदिन नियमित ब्यायाम तथा खानामा नियन्त्रण राख्नुपर्छ ।
साथै सम्बन्धित चिकित्सकको परामर्शमा औषधि वा इन्सुलिनको सवन गर्नुपर्दछ । कारण हर्माेन इन्सुलिन पेन्क्रियाज ग्रन्थिबाट उत्पादित हुन्छ । इन्सुलिनको उत्पादनमा कमीले ग्लुकोजको मात्रा रगतमा बढ्छ र थुप्रै जोखिम आउँछन् ।मोटोपनावंशाणुइन्सुलिन रेजिस्टेन्स (इन्सुलिन पर्याप्त भए तापनि इन्सुलिनले पर्याप्त काम गर्न नपाउने अवस्था) ।
null
मधुमेहका लक्षणहरूधेरै तिर्खा लाग्नुधेरै भोक लाग्नु, पटक–पटक पिसाब लाग्नु, थकान हुनु तौल घट्नु, रिंगटा लाग्नु ।
रगतमा अनियन्त्रित ग्लुकोजको कारणबाट देखापर्न सक्ने जटिलताहरूमुखसम्बन्धी समस्या उत्पन्न हुन सक्छ ।आँखामा क्षति पुग्न गई अन्धोपन आउन सक्छ ।मृगौला खराब भई डायलाइसिस वा प्रत्यारोपण गर्नुपर्ने स्थिति आउन सक्छ ।शरीरमा लागेको घाउ चाँडो निको नहुन सक्छ ।नसासम्बन्धी समस्याहरू (जस्तै : हातखुट्टा झम्झमाउनु, हाड खिइनु तथा खुट्टासम्बन्धी अन्य समस्याहरू) आइपर्न सक्छन् ।
मधुमेह नियन्त्रणका लागि१. रगतमा ग्लुकोजको मात्र निम्नानुसार कायम राख्नुपर्छ :खाली पेटमा १०० एम.जी.डी.एल. भन्दा कम खाना खाएको २ घण्टापछि ८०–१४० मि.ग्रा.डे.लि.रक्तचाप ठीक राख्नेआवश्यक शारीरिक वजन कायम राख्ने
२. निम्नलिखित जाँचहरू चिकित्सकको सल्लाह अनुसार वा नियमित रूपमा वर्षको एकपटक गर्ने : रगतमा चिल्लो पदार्थको जाँच मृगौलाको कार्यक्षमताको जाँच आँखाको जाँच परहेज गर्नुपर्ने खाद्य पदार्थहरूखाना पकाउँदा तेल कम गर्नेबोसो लागेको मासु, भित्रियांश– कलेजो, मुुटु, फोक्सो आदि पुरी, पकौडा, समोसा, मालपुवा, सेल, आलुचिप्स, डोनट, दालमोठ पापड तथा धेरै तेलमा डुबाएर बनाएका अचारहरू आदि हल्का पेय पदार्थहरू जस्तै : कोकाकोला, फेन्टा, स्प्राइट, पेप्सी आदि बदाम, काजु, नरिवल, किसमिस आदि हर्लिक्स, भिभा, बोर्नभिटा, बुस्ट आदि ।
बन्देज लगाउनु नपर्ने खाद्य पदार्थहरूकागती पानी, सोडा पानी फिक्का चिया, कफीले २५ प्रतिशत मधुमेहको सम्भावना घटाउँछ काँचै खाइने वस्तुहरू जस्तैः काँक्रो, गाजर, गोलभेडा, प्याज, मुला आदि हरियो सागसब्जीको सुप आदि साधारण मरमसलाहरू जस्मिन चिया अथवा हर्बल चिया पातलो मही १–२ गिलास ।
मादक पदार्थ सम्बन्धमा मादक पदार्थहरू पूर्ण रूपमा सेवन बन्द गर्ने ।
नुनको प्रयोग सम्बन्धमा उच्च रक्तचाप, मुटु तथा मृगौलासम्बन्धी समस्या आउन सक्ने भएकाले अत्यधिक मात्रामा नुनको प्रयोग नगर्ने ।
मधुमेहका रोगीले ध्यान दिनुपर्ने कुराहरूसन्तुलित भोजन खानुहोस् । चिनी, ग्लुकोज आदिबाहेक दैनिक भोजनमा आपूले खाने गरेका कुनै पनि खानेकुराहरू (जस्तै, चामल वा अन्य प्रकारका अनाज, फलफूल, अण्डा, माछा, मासु, विभिन्न थरीका गेडागुडी, दूध तथा दुग्ध पदार्थहरू, चिल्लो पदार्थ, विभिन्न, प्रकारका सागसब्जीहरू सिफारिस गरिएको परिमाणअनुसार मात्र खाने ।
रगतमा हुने ग्लुकोजको मात्रामा तीव्र उतारचढावका कारण विकृतिहरू छिटो पैदा हुने सम्भावना रहन्छ । तसर्थ रगतमा ग्लुकोजको मात्रा समानुपातिक रूपमा कायम गर्नका लागि नास्ता, खाना, खाजाहरू नियमित रूपमा आवश्यकतानुसार खाने । खाजा खान कहिल्यै नछुटाउने, विशेषगरी इन्सुलिन अथवा अन्य औषधि लिइसकेपछि दिनमा कम्तीमा ६ पटक थोरै थोरै खाजा, खाना खानुपर्दछ ।
इन्सुलिन वा औषधिका उपचारमा रहँदा वा रगतमा ग्लुकोजको मात्रा ठीक भइसकेपछि पनि पथपरहेजमा निरन्तरता जरुरी हुन्छ ।तपाईंका लागि छुट्टै तथा विशेष किसिमले खाना तयार गर्नु जरुरी हुँदैन । तर खाना पकाउँदा बढी चिल्लो प्रयोग गर्नुहुँदैन । प्रत्येक दिन २ देखि साढे दुई ठूलो चम्चाभन्दा नबढाई कुनै पनि तेल वा चिल्लो प्रयोग गर्न सकिन्छ (घिउ, बोसो, पाम आइल, नरिवलको तेलबाहेक) । सनफ्लावर वा अन्य कुनै पनि तेलमा कोलेस्ट्रोल फ्रि लेखिएको भए तापनि क्यालोरी बराबर हुने भएकाले यस्तो तेल पनि सीमित मात्रामा मात्र प्रयोग गर्नुपर्छ । सनफ्लावर वा एकै प्रकारको तेल नचलाएर सकेसम्म विभिन्न प्रकारका तेल चलाउनुभएमा थप फाइदा पाउन सकिन्छ (विशेषगरी मुटुका लागि) ।
सकेसम्म रेशादार खानेकुरा बढी मात्रामा खाने गर्नुहोस् । यसले रगतमा ग्लुकोज, कोलेस्ट्रोल, ट्रिग्ल्यासेरिडको मात्रा नियन्त्रणमा राख्न मद्दत पुर्याउँछ । तसर्थ मसिनो नहुने गरी पिँधिएको खानेकुरा जस्तैः चोकर भएको पीठो, बोक्रासहितको दाल, गेडागुडी (टुसा उमारेको), कम पाकेको फल, बोक्रा वा रेशासमेतको फलफूल, प्रशस्त मात्रामा सागसब्जीहरू (धेरै नगलाइकन पकाइएको) सिफारिस गरिएको मात्राअनुसार खाने ।
खाली पेटमा सुगर एफबीएस १०० एमजी/डीएलभन्दा कम भएमा र खाना खाएको २ घण्टापछिको सुगर पीपीवीएस १४० एमजी/डीएलभन्दा कम भएमा सुगर कन्ट्रोल भएको मानिन्छ । त्यस्तै एचवीए वानसी नामको एक किसिमको रगतको जाँच गर्दा ५/६ प्रतिशत वा कम भएमा राम्रो मानिन्छ । यदि यसो गर्न सकिएन भने बिस्तारै आँखाको पर्दा/रेटिनामा असर गर्न सुरु हुन्छ । त्यसबारे बिरामीलाई थाहै हुँदैन र एकैचोटि अन्धो भएपछि मात्र थाहा हुन्छ ।
त्यस्तै शरीरका धमनीहरूमा बोसो जम्मा हुँदै जान्छ र अचानक हृदयाघात वा प्यारालाइसिस वा किड्नी फेल भएपछि मात्र बिरामीले पत्ता पाउँछ । यो सबै हुन नदिन सुगरलाई राम्रो कन्ट्रोलमा राख्नुपर्छ । त्यसकारण सुगरका बिरामीले खानपिन र व्यायामबाट सुगर कन्ट्रोल राख्नुपर्छ । सुगरको औषधिको साइड इफेक्ट धेरै हुन्छ भनेर औषधि नखाँदा झनै खतरा हुन्छ ।हरेक मानिसले ३५ वर्षपछि नियमित रूपमा सुगर, टोटल कोलेस्ट्रोल, मृगौलाको र आँखाको र कलेजोको जाँच गराउँनुपर्छ । खानपिन ठीक राख्ने, नियमित व्यायाम गर्ने र सुगरलाई नियन्त्रण राख्ने औषधि सेवन गर्नाले सुगर कन्ट्रोल रहन्छ, मधुमेहका कारणले हुने अरू रोगबाट बच्न सकिन्छ र मधुमेहसँगको जीवन सुखमय हुन्छ ।