ठेकेदारका कारण स्थानीयलाई सास्ती


नेपालगन्ज २४, असार । ठेकेदारको ढिला सुस्तीका कारण नेपालगन्ज उपमहानगरपालिका वडा नं. १३ बुलवुलिया उदयपुर सडक हिलाम्मे हुँदा स्थानियवासी मारमा परेका छन् । नगरपालिकाकाले आर्थिक बर्ष भित्र बनाएर सकिने सडक अधुरै हुँदा अहिले स्थानिय मारमा परेका हुन् ।
सडक अधुरै र त्यसमा पनि हिलम्मेले स्थानिय झन त्रसित बनेका छन् । दैनिक बजार आवतजातमा एकदम समस्या हुने गरेको स्थानिय दिपक कठायतले बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिका १४ मिटर चौडाई बनाउने ठाउँमा १० मिटर चौडाई बनाउनु र कमसल सामग्री प्रयोग गरि बनाईएको स्थानियको आरोप छ । बनाउदै गर्दा धेरै ठाउँमा ढल समेत भत्कीने गरेको स्थानियले बताए । ३ सय मिटर लामो पक्की सडक बनाउने योजना भित्र रहेको सडक सम्झौता भएको म्याद सकिदा समेत सडक मर्मत पुरा नभएको कठायतले बताउनुभयो । दैनिक स्कूल जाने तथा बृद्धबृद्धालाई बाटोमा हिँड्न एकदम अप्ठ्यारो भएको छ ।


सडकमा हिँड्ने बटुवा, मोटरसाईकल, साइकल यात्रीलाई एकदम सास्ती भैरहेको स्थानियको भनाई छ । ‘बुढाबुढी केटाकेटी र साना सवारी साधनलाई समस्या छ । धेरै पटक आफ्नै अगाडी सडकमा मोटरसाईकल लडेका छन् ।’ कठायतले बने ।  सडकमा हिलोका कारण मोटरसाइकलको चक्का नै चिप्लिने गरेर धेरै यात्रु खस्ने र चोटपटक लाग्ने गरेको स्थानिय सन्तोष कुमार सिहले बताउनुभयो । दैनिक बालवालिकालाई विद्यालय छोड्न जाने गरेको र बाटोले गर्दा कयौपटक आफै पल्टेको उहाँले बताउनुभयो । ‘यो सडक भन्दा त पहिले कै ठिक थियो ।’ सिँहले भन्नुभयो । बाटो निर्माण गर्ने ठेकेदारलाई बाटो छिटो बनाउन आग्रह गर्दा बेवास्ता गरेको स्थानीयको भनाई छ ।
३ सय मिटर पक्की पुल निर्माणको लागि कुल ९२ लाख २५ हजार ३३ रुपैंया रहेको छ जसमा ६४ लाख ४५ हजार १ सय १९ रुपैयामा ठेक्का दिईएको थियो । ठेक्का सम्झौता २०७३/ १२/१३ गते भएको थियो भने ठेक्का सम्झौताको म्याद २०७४/३/२ गतेसम्म रहेको छ । म्याद सकिदा पनि ५० प्रतिशत काम पुरा नभएको स्थानियको भनाई छ । सडक निर्माणको काममा इन्जिनियरको समेत लापरवाही देखिएको छ । इन्जिनियरले नालीको निकास बिनै नाली निर्माण गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *