नेपाली समाज युएई १३ औ अधिबेशन निर्वाचन बिवादका कारण स्थगित

निमकान्त पाण्डे , जुलाई ८ दुबई। नेपालीहरूको सबै भन्दा पुरानो सामाजिक संस्था युएई मा कार्यरत नेपाली श्रमिकहरुका लागि निरन्तर हितमा काम गर्दै आएको थियो उही साझा संस्था नेपाली समाज युएई आज १३ औ अधिवेशनमा आई पुग्दा विवादका कारण निर्वाचन स्थगित हुन पुगेको छ ।
निर्वाचन समतिले सञ्चालन गरेको दोस्रो चरणको कार्यक्रम सुरु भए लगतै निर्वाचन नियमावली सम्बन्धी विवाद देखाउदै कार्यक्रम स्थल भित्र हो:हल्ला सुरु भएको थियो। NRN युएई मा आबद्ध केही सदस्यहरूले निर्वाचन समितिको नियमावली र समाजको विधान सम्बन्धी विषयमा कुरा उठाएका थिए।
अध्यक्षका पदका लागि नि-वर्तमान अध्यक्ष चन्द्र प्रसाद सापकोटा र धादिंग समाज युएईका अध्यक्ष भीम कुमार अधिकारीले आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । सापकोटा नयाँ शक्ति नेपालका केन्द्रीय परिषद् सदस्य हुन भने अधिकारी नेपाली काँग्रेसको प्रवास सङ्गठन नेपाली जनसम्पर्क समिति युएई मा आबद्ध थिए । आफ्ना ब्यक्तिलाई निर्वाचित बनाउनु पर्छ मनस्थिति बोकी अधिवेशन हलमा रहेका केही ब्यक्तिहरुद्वारा अप्रत्यासिल रूपबाट निर्वाचन समितिलाई दबाब आइरहेको हलमा प्रस्ट आकलन गर्न सकिएको थियो।
सापकोटाको राजीनामाको विषयलाई लिएर कार्यक्रम स्थलमा तनाव सिर्जना भएको थियो । अध्यक्ष पदका लागी राजनीति दाैडधुप र सङ्गठनबाट प्रत्यक्ष हस्तक्षेप सँगै नेपाली समाज युएईको अधिवेशन नचाहने ब्याक्तिहरुको विरोधका कारण निर्वाचन सफल हुन् सकेन। अध्यक्ष लागि उम्मेदवा दुवै जनाले राजनीति पदबाट राजीनामा नदिई चुनाव लड्न पाइदैन भन्ने विषयमा बहस सुरु हुँदै गर्दा कार्यक्रम स्थल हो:हल्ला,भाद्रगोलमा परिणत हुँदै गर्दा अन्तिम अवस्थामा निर्वाचन समितिले निर्वाचन स्थगित गरेको छ।
आयोजक समितिले स्वयम सेबक बिना सुरु गरेको कार्यक्रम हलमा विवादको अर्को कारण आयोजकले स्थानीय केही अरब मूलका व्यक्तिहरूलाई कार्यक्रममा प्रवेश गराए लगतै हलमा उपस्थित केही नेपालीहरूले विरोध समेत जनाएका थिए भने कार्यक्रम हलमा मदिरा सेवनगरि आएका केही व्यक्तिहरूले चर्को स्वरमा गलत शब्दहरूको पर्योग गर्दै होहल्ला गरेका थिए।
शुक्रवार बरदुबईमा भएको कार्यक्रमका प्रमुख अतिथि युएईका लागि कार्यबाहक राजदूत नेत्र बहादुर टन्डन रहेका थिए भने विभिन्न सामाजिक ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो। कार्यक्रमलाई दुई चरणमा भिभाजन गरिएको थियो जसमा प्रथम चरणलाई समाजका नि-वर्तमान अध्यक्ष चन्द्र प्रसाद सापकोटाको अध्यक्षतामा महासचिव मणि भुर्तेलले सञ्चालन गरेका थिए भने उपाध्यक्ष कृष्ण प्रसाद न्यौपानेले स्वागत मन्तव्य राख्दै समाजका सचिव सुरज भित्रिकोटेले वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
नेपाली समाज रही युएई मा कार्यरत नेपालीहरूलाई प्रत्यक्ष रूपमा सहयोग र योगदान गर्ने समाज सेवी,पत्रकार,कलकार,खेलाडी लाई समाजले सम्मान गरिएको थियो। सम्मानित हुनेहरुमा नेपाली सोसियल कल्बका अध्यक्ष सालिक सुबेदी, पत्रकार निमाकांत पाण्डे , मोहन बस्याल , शेखर चापागाई ,नेपाली समाजका साधारण सदस्य दिल पु:न, कलाकार दीपक गुरुङ (दिपिका) खेलाडी रिवाज न्यौपाने, निर्वाचन संयोजक गोविन्द ढकाल, सदस्यहरू नानुकाजी आर्याल,पासांग शेर्पा, गणेश न्यौपाने र पर्सुराम्र पौडेल रहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *