शिखर हरियाली वनमा ५ करोडको इको टरिजम पार्क बन्दै

असोज २७, काठमाडौं । चितवनको राप्ती नगरपालिका ४ मा निर्माण गर्न लागिएको इको टुरिजम पार्कको शिलान्यास गरिएको छ । प्रदेश नम्बर ३ का भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले आज पार्कको शिलान्यास गरे । 

कृषि मन्त्रीकै पहलमा शिखर हरियाली सामुदायिक वन उपभोक्ता समुहको क्षेत्रमा पार्क निर्माण हुन लागेको हो ।  शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री लामाले पार्क निर्माणपछि पूर्वी चितवनको महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्ने विश्वास व्यक्त गरे ।   

जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटीले प्राकृतिक सम्पदालाई सही सदुपयोग गर्न सके चितवनमा पर्यटनबाट प्रशस्त लाभ लिन सकिने बताए । वनको १३ विगाहा क्षेत्रफलमा करिब साँढे ५ करोडको लागतमा पार्क निर्माण गर्न लागिएको शिखर हरियाली सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष केदार प्रसाद आचार्यले जानकारी दिए । 

पार्क परिसरमा स्वीमिङ पुल, चिल्ड्रेन पार्क, फुलको बगैचा, पानीको फोहोरा, पिकनिक स्पट, आरामका लागि गोलघर, विजुलीको व्यवस्था हुने निर्माणको जिम्मा पाएको सेभ इन्जिनियरिङ कन्स्ट्रक्सन प्रा.लि.का सञ्चालक भीष्म अधिकारीले बताए । 

पार्क १८ महिना भित्र निर्माण सम्पन्न गर्ने गरि सम्झौता भएको छ । वनका अध्यक्ष केदार आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नम्वर ३ का मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलिया, राप्ती नगरपालिका उपमेयर इमानसिंह लामा, तत्कालिन जिल्ला वन कार्यालय चितवनका प्रमुख केदारनाथ पौडेल, वनका सचिव लक्ष्मी सेढाई लगायतले बोलेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *