रणवीर सिंहले रणबीर कपुरको रिलेशनशीप स्टेटसबारे यसाे भने
माघ ७। बलिउडका एउटै नाम भएका दुई नायक रणबीर कपुर र रणवीर सिंह निकै चर्चित छन् । यी दुईलाई ठूलो पर्दामा एकैपटक देखिएको छैन । तरपनि यी दुईलाई विभिन्न कार्यक्रम र अन्तरवार्तामा सँगै उपस्थित भइसकेका छन् । हालै, यी दुईलाई एक च्याट शोमा सँगै देखियो जहाँ रणवीर सिंहले रणबीर कपुरको रिलेशनशीप स्टेटसबारे कुराकानी गरेका छन् ।
रणवीर सिंहले हालै दीपिका पादुकोणसँग विवाह गरेका छन् । यस्तै, रणबीर कपुर र आलिया भट्टको सम्बन्ध पनि आजकाल चर्चामा छ । उक्त च्याट शोमा रणवीर सिंहलाई रणबीर कपुरलाई सम्बन्धका लागि कस्तो सल्लाह दिन चाहनुहुन्छ भनेर सोधियो । यसमा रणवीरले सिधा जवाफ दिए, ‘रणबीर परिपक्व छन्, वयस्क छन् र उनी आफ्नो निर्णय आफैं लिनसक्छन् । उनलाई कसैको पनि सल्लाहको आवश्यकता छैन ।’
null
गत वर्ष नोभेम्बरमा रणवीर सिंहले इटलीमा दीपिका पादुकोणसँग विवाह गरेका थिए । रणवीर र दीपिकाको जोडी प्रशंसकबीच निकै हिट छ । यस्तै, रणबीर कपुरले गत वर्ष आलिया भट्टसँग आफ्नो सम्बन्धबारे खुलासा गरेका थिए । एजेन्सी