ओलीको आक्रोश: ‘रुख’माथि भोट कसरी गयो ?

काठमाडौं, असार २५ । आइतबार प्रतिपक्षी दल तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकै चर्किए । उनी हालै सम्पन्न दोस्रो चरणको निर्वाचनमा निर्वाचित भएका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई दिन गृहजिल्ला झापा पुगेसँगै आक्रोशित भएका थिए ।

आयोजित कार्यक्रममा बोल्दै उनले स्थानीय चुनावमा धेरै ठाउँमा एमालेले एमालेलाई हराउँन मिल्छ ? भन्दै अन्तरघातीलाई कडा भन्दा कडा कारबाही हुने भावना व्यक्त गरेँ । पहिलो र दोस्रो चरणको निर्वाचनमा पहिलो पार्टी बनेपनि उनले पार्टीभित्रको अन्तरघाती प्रवृत्तिको खेल अन्त्य हुनुपर्ने भनि प्रश्न औल्याए । मुख्यगरि झापाको गौरादह, बुद्धशान्ति र मेची नगरपालिकामा एमालेको पकड रहेको ठाउँमा हार व्यहोर्नुको कारण औल्याउँदै ‘सँधै जितिएको क्षेत्रमा किन पराजित भयौँ?’ स्पष्टिकरण मागे । उनले अघि भने, ‘ अरुबेला चाहीँ एमाले हुने तर मतदान केन्द्रमा गएर रुखमा भोट हाल्ने किन ?’ त्यस्तो मान्छे एमालेबाट पत्तासाप नभइ आगामी दिनमा प्रगति गर्न नसकिने उनले बताए ।

बुद्धशान्ति गाउँपालिकामा एमालेका जिल्ला अध्यक्ष चिन्तन पाठकले उम्मेदवारी दिएका थिए । त्यस्तै, जिल्ला सचिव मदन अधिकारी गौरादहमा काँग्रेससँग पराजित भएपछि आवेशमा आएको एमालेका एक नेताले फोन जानकारी गराए । उनले भने ‘अध्यक्ष ओली आज निकै आक्रमक रुपमा प्रस्तुत हुनुभयो । एमालेको पकडमा रहेको ठाउँमा काँग्रेस हावी भएपछि उहाँ निकै आक्रोशित हुनुभएको हो ।’ आफनो गृहजिल्लामै एमालेले हार बेरोर्नूपरेपछि उनी निकै क्रुद्ध हुन पुगेका थिए । दोस्रो चरणको निर्वाचन सम्पन्न भएका तराईका ३ जिल्लाबाहेक सात जिल्लामा एमाले पहिलो दल बनेको छ । तराईका सात जिल्ला मध्ये दुई जिल्लामा एमालेले बहुमत हासिल गरेको छ ।

यससँगै अध्यक्ष ओलीले त्यस्ता अन्तरघातीको पहिचान गरेर आफ्नो सामू उभ्याउने समेत चेतावनी दिए । उनीसँगै पार्टी सचिव प्रदीप ज्ञवाली र काठमाडौंका पूर्व मेयर केशव स्थापित पनि उक्त कार्यक्रममा सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *