सार्वजनिक यातायातमा भित्र छिरेर प्रहरी के भन्दै छ ?

जेठ २५, काठमाडौं । करिव ८ः४० बजेको समयमा रत्नपार्क कंलकी थानकोट चल्ने यातायातमा महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक शंकर खड्का भन्दै थिए ‘नमस्कार म प्रहरी निरीक्षक शंकर खड्का बलम्वु प्रहरी प्रभागको प्रहरी प्रमुख, तपाईहरुले यो चन्द्रागिरी नगरपालिका भित्र चल्ने सार्वजनिक यातायातमा यात्रा गर्दा कुनै अपरिचित व्यक्तिहरुले महिला दिदी वहिनीहरुको संम्वेदनशिल अंङ्ग छोएमा, तोकेको भन्दा बढि भाडा लिएमा, पाकेट मारेमा, अपशव्द बोलेमा, आरक्षण सिटमा बस्न नपाएमा तुरुन्त प्रहरीलाई १०० मा खबर गर्नुहोस ।’ 

महानगरीय प्रहरी प्रभाग बलम्वुको समुदाय प्रहरी साझेदारी अन्र्तगत महिला हिँसा, पाकेटमार, सार्वजनिक यातायातमा हुने दुब्र्यहार सम्वन्धी एकहप्ते जनचेतना मुलक अभियानको क्रममा प्रहरी निरीक्षक खड्का सार्वजनिक यायायात भित्र प्रवेश गरेरै जनचेतना फैलाउँदै थिए । बस भित्रै प्रहरी आएर सचेतना दिएपछि यात्रुहरुले पनि धन्यवाद दिए । 

 

null

प्रहरीले समुदाय प्रहरी अन्तर्गत टोलटोल स्कुल स्कूलमा प्रहरीलाई निरन्तरता दिईरहेको छ । यो अभियान जनस्तर सम्म प्रभावकारी बन्दै गईरहेको छ । बढ्दो सार्वजनिक यातायातमा हुने महिला हिंसाको घटनामा बृद्धि हुन थालेपछि बलम्वु प्रहरीले भने बस बसमा नेपाल प्रहरी अभियान सुरु गरेको हो । 

नागंढुगा, थानकोट, कंलकी रुटमा चल्ने सार्वजनिक बसहरुलाई रोकेर स्टिकर सहित यात्रुहरुलाई दुई मिनेट सचेतना मुलक सन्देश दिन थालिएको छ । विहान दैनिक दुई घण्टा बलम्वु प्रहरीले सचेतना दिन थालेपछि यात्रुहरुबाट पनि सकारात्मक सुझाव आउन थालेका छ । 

काठमाडौं उपत्यकाभित्र व्यस्त सडकमा गुड्ने बस तथा माइक्रो बसहरुमा गुन्द्रुक खाँदेजस्तै यात्रु कोचिनु अनौठो कुरा होइन । चोरी तथा ठगीका घटना बाहिर आएर पनि महिला हिंसाका विषय भने गुम्सिएर बसिरहेका थिए । 

 

महिलाहरूले सार्वजनिक यातायातमा देख्दा भोग्दा सामान्यजस्ता लाग्ने गम्भीर प्रकृतिका यौन हिंसाका घटनाहरू न्यूनिकरण गर्न प्रहरीले यो अभियान चलाएको हो । 

महिला, अपाङ्ग ताथ अशक्तहरूका लागि मात्र भनेर लेखिएका सीटमा सोही व्यक्ति नबसेर अरुनै बस्दा सम्बन्धित यात्रुलाई बसाउने आँट गर्न कसैले सक्दैन । सार्वजनिक यातायातमा महिलाका लागि भनेर छुट्याइएको कोटा हात्तीको देखाउने दाँत मात्र बनेका छन् । सार्वजनिक यातायातमा महिला सिंहाका घटना बढिरहेको तथ्याङक देखेपनि प्रहरीले सवारी चाहक, सहचालक र यात्रुहरुलाई एकै पटक सचेतना दिने अभियान सुरु गरेको प्रहरी निरीक्षक खड्काले बताए । 

महिलाहरु दुःख झेलेरै कोचिएर सार्वजनिक सवारी साधन चढनु नियति हो । यात्राहरूमा न त उनीहरूको जिउ नै सुरक्षित हुन्छ न त समान नै । ‘यौनका भोका पुरुषहरूले बसभित्रको पेलानमा युवतीहरूलाई अनावश्यक रूपमा घचेट्ने, छुने खोज्ने, संवेदनशील अंगमा छुने चेष्टा गर्छन ।’ प्रहरी निरीक्षक खड्का भन्छन् । ‘नजानिँदो गरी महिला हिंसाको सिकार बन्छन् तर बोल्दैनन् । यसलाई कम गर्न यो अभियान चालिएको हो ।’ 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख उत्तम सुवेदीका अनुसार यात्राका क्रममा सोझा महिलासँग गलत मनसायले कुनै पुरुषहरुले सहयोग गर्ने क्रममा वा गन्तव्यमा र्पुयाइदिने बहानामा लुटपाट वा विभिन्न शारीरिक हिंसा गर्न सक्ने संभावना हुन्छ । पछिल्ला दिनहरु यस्ता घटना बाहिरीने क्रम बढेको सुवेदीको भनाई छ । 

‘कतिपय चालक ग्रामीण, अशिक्षित युवतीहरूलाई फकाएर पन्जामा पार्न निकै खप्पिस हुन्छन् । सहरकै कुरा गर्ने हो भने पनि युवतीहरू बाटोमा हिँडिरहेका छन् भने कतिपय चालकहरू नजिकै पुगेर अनावश्यक रूपमा हर्न बजाउँदै जिस्काउँछन् । यसलाई नियन्त्रण गर्न पनि सचेतना आवश्यक छ ।’ 

 

कतिपय पुरुष चालक महिला ट्राफिकलाई समेत जिस्क्याउन पछि पर्दैनन् । यस्ता प्रकारका क्रियाकलाप सामान्य लागेपनि सारमा भने निकै गम्भीर रहेको छ । अहिले नै नियन्त्रण गर्न सकिएन भने भोली सामाजिक विक्रतिका रुपमा उदाउन समय लाग्दैन । 

कानुनले महिलामाथि हातपात गर्ने, गालीगलौज गर्ने वा त्यस्तै कुनै शारीरिक प्रताडना दिने कार्यलाई मात्र होइन महिलालाई दिइने मानसिक एवं सामाजिक पीडाहरूलाई पनि महिला हिंसाका भन्दछ । महिलामाथि गलत मनसायले हेर्नु वा यौनभाव झल्कने गरी अनावश्यक बोल्ने काम पनि हिंसाअन्तर्गत पर्छ । 

यस्ता क्रियाकलापलाई कानुनले दण्डनीय अपराधका रूपमा व्याख्या त गरेको छ तर, व्यवहारमा भने लागू गर्न सकेको छैन । सार्वजनिक यातायातभित्र महिलाले खेप्नुपरिरहेको पीडा महिलाहिंसाका रूप हो जसतर्फ धेरैको ध्यान गएको देखिँदैन । 

‘महिलामाथि हुने हिंसा निर्मूल पार्न सार्वजनिक यातायातलाई महिलामैत्री बनाइनुपर्छ’ महानगरी प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक शंकर खड्का भन्छन् ।’ 

अभियान अन्तर्गत सार्वजनिक यातायातमा हुने यौन हिंसा विरूद्ध आवाज उठाउने, पीडक विरूद्ध खुलेर बोल्ने, सह–चालक तथा यात्रीहरूलाई घटनाबारे जानकारी दिने, प्रहरीको हटलाइन १०० महानगरीय प्रहरी परिसर प्रमुख ९८५१२०५५५५, नजिकैको प्रहरी कार्यालयहरुमा रिपोर्ट गर्ने जस्ता सूचनामूलक ब्यानर र स्टिकरहरू सार्वजनिक यातायातमा प्रहरीले टाँसिरहेको छ । ‘जसको मुख्य उद्देश्य यात्रुहरूमा यौन हिंसाबारे सचेत गराउनु र यौन हिंसा विरूद्ध उभ्याउनु हो ।’ खड्काले अहिले सम्म २० हजार यात्रुहरुलाई सचेतना प्रदान गरेको बताए । 

महानगरी प्रहरी बृत्त थानकोटका प्रहरी प्रमुख डिएसपी कुमार विक्रम थापाले महिलाहरू भीडभाड रहने र सार्वजनिक स्थलमा जानुपर्ने अवस्था पहिलेभन्दा धेरै भएकाले सार्वजनिक साधनहरूमा यौन हिंसाका घटना हुन सक्ने सम्भावना बढी भएकाले यस तर्फ ध्यान केन्द्रीत गरिएको बताए । थापाका अनुसार यस्ता स्थानमा चेतनाको कमीका कारण महिला दुब्र्यहारका घटना भएका हुन् । 

‘राजधानीको सार्वजनिक यातायात सुरक्षित र हिंसारहित बनाउन यो अभियान सहयोगी भएको महसूस गरेका छौं ।’ महानगरीय प्रहरी परिसरका प्रहरी प्रहरी प्रमुख उत्तम सुवेदी भन्छन ।  

प्रहरीले सार्वजनिक यातायातमा हुने महिला हिंसाको विरुद्धमा सेप्टी पिन अभियान पनि सञ्चालन गर्दै आएको छ । विस्तारै विस्तारै प्रहरी र नागरिकको सहकार्यमा स्थानिय जनताहरु लाई समेत सहभागी गराइने योजना छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *