अब के हुन्छ पहिचानको राजनीति ?

काठमाडौं, फागुन १६ ।  संबिधान जारी भै सकेपछी धेरै लाई लागेको छ अब देश मा उठेको पहिचान को राजनीति समाप्त भयो । अझ तिनै तहको चुनाव को समाप्ती र संघियता र पहिचान लाई ठाडै अस्वीकार गर्ने दलले करिब् बहुमत ल्याए पछी त चुनावको बिजय सभामै ताप्लेजुङ्बाट लिम्बुवान लगाएत पहिचानको मुद्दा अब समाप्त भएको घोषणा गरियो ।

हिजो पहिचानको मुद्दा बाट राजनीतिक उचाइमा पुगेको माओवादी केन्द्र समेत आफ्नो सम्पूर्ण आधारभुत मुल्य र मान्यतालाई तिलान्जली दिएर एमालेमा विलय भै संसद को रोस्ट्मबाटै नेपाललाई बहु राष्ट्र नमान्ने के पि शर्मा ओली लाई प्रधानमन्त्री र २१औ शताब्दीको नयाँ जनवादको साटो घोर दलाल पुजीबादी व्यवस्था बहुदलिय जनवादलाई स्वीकर गर्दै क्रान्तिकारी बाट प्रतिकृया बादीमा रुपान्तरण भएपछी निश्चित रुपमा अब यो पहिचानको मुद्दा वा राष्ट्रिय मुक्ती आन्दोलन टुहुरो बनेको भांन हुनु स्वाभाविक देखिन्छ ।  तर यथार्थ भिन्न छ । जसरी क्रान्ति को आफ्नो विकास को नियम हुन्छ ।

हरेक परिस्थितीले परिवर्तनको भूमिका खेलेको हुन्छ । हरेक क्रान्ति चरणवद्ध प्रकृयागत ढङ्गले विकसीत भै रहेको हुन्छ । हाम्रो देश नेपाल को सन्दर्भमा पनि यहि भैरहेको हामी पाउदछौ । हिजो स-सना जातीय राज्यहरु थिए । यो निषेध भएर विशाल सामन्ती राज्यको स्थापना भयो । सामन्ती राज्यको निषेध पछि जहानिया शासन को अभ्युदय भयो । सामन्त र जहनिया शासकको द्वन्द हुँदै गर्दा पुन राम प्रसाद् राइ लगाएतले आफ्नो खोसिएको पहिचान अधिकार पुन प्राप्तीको लागि सशस्त्र युद्ध सुरु गरे । यो पहिचान र अधिकार को लडाईं करिब विजय को अन्तिम क्षणमा पुगेको बेला अथवा सिंहदरवार कब्जा हुन लागेको बखत तत्कालिन चलाख चाटुकारहरुले भारतिय सहयोग मा यो युद्ध को उदेश्य नै अन्तै मोडी दिए ।

जहानिया शासकको लखेटाइमा परेका सामन्त र कथित प्रजातन्त्रबादी छदम् भेसीहरुले आफ्नो अनुकुल गरि खाए । बिजय भै सकेको पहिचान र अधिकार को लडाईं धेरै पछाडि धकेलियो । सामन्त ले पुन प्रजातन्त्रवादी भनाउदो हरुलाई निषेध गरे कतिपय लाई जेल कोचे । त्यस पश्चात २०१५ पछाडि यो देशको राजनीति सिङ्गो निरङकुस सामन्ती राज्य राजतन्त्र र प्रजातन्त्रको बिच को द्वन्द मा फस्न पुग्यो । त्यस बखत पनि यो पहिचान र अधिकारको मुद्दा समाप्त भएको अघोषित घोषणा गरिएकै हो । राम प्रसाद् रार्इ हरुलाई बेपत्ता बनाइएकै हो । तर यो देशको प्रधान अन्तर बिरोध जातीय विभेद नै हो । कसैले मानोस नमानोस यो ध्रुब सत्य हो । जातिय राज्यहरु को एकिकरण पछी भावनात्मक एकिकरणको चरण पुरा नगरि सामन्ती प्रवृती लादेको हुनाले निषेध को राजनीति गरेको हुनाले र असमाबेशी चरित्रको एकल जातिबादी राज्य निर्माण गरिएकोले भावनात्मक एकिकरण हुन नसकेको हो ।

सबैलाई नेपाली बन्न बाट रोकिएको हो । हामीले नेपाली क्रान्ति हरु हेर्यौ । सात साल जहानिया शासनको अन्त्य । १५ साल पुन सामन्ती राज्तन्त्त्र सुरु । २०४६ ले दलिय खुलापन दियो जस्ले अर्को क्रान्ति जन्मायो , तत्काली नेकपा माओवादी उस्को पनि करिब् ५५ – ५६ सम्म खासै प्रगती थिएन । जब उस्ले जातिय मुद्दा लाई प्रधान अन्तर बिरोध मानेर राष्ट्रिय मुक्ती लाई आफ्नो कार्यक्रम बनायो ।

यो नीत बनाउन साथ किरात (खम्बु,लिम्बु) तमाङ, नेवा, थारु, खस, मधेशीहरु आफ्नो पहिचान सहितको स्वायत्त राज्यको लागि आत्मै देखी समर्पित भएर लडे जस्को बावजुत, यो देशमा ऐतिहासिक राजनीति परिवर्तन भयो । संबिधान सभाको गठन ,पहिचान र सामर्थ्यको आधारमा स्वायत्त राज्यको स्थापना गर्दै राजतन्त्रात्मक, एकात्मक व्यस्था अन्त्य गरी संघिय लोकतान्त्रिक गणतन्त्रमा जान सबै सिङ्गो देश लाई वाध्य हुन पर्‍यो । तर अहिले पहिचानको आधारमा स्वायत्त राज्यहरु बनेका छैनन् । लिम्बुवान, खम्बुवान, तमाङसालिङ ,नेवा ,मगरात ,तमुवान ,खसान, थरुहट ,मधेश लगाएत राज्यहरु बनेका छैनन् । यो किन बनेन, कस्को कारण हामीलाई राम्ररी अवगत नै छ । यी स्वायत्त राज्यहरु नबने पनि देश संघियतामा गैसकेको छ ।

२००७ सालमा आदिबासी जनजाती बिद्रोहको बलमा राणा जहानिया शासन को अन्त्य भए झै अहिले पनि अदिबासी जनाजाती मधेशीको रगतले राजतन्त्र र एकात्मक शासन व्यवस्थाको अन्तय भएको छ । हिजो २००७ सालमा झै अहिले पनि चाटुकारहरुले क्रान्ति लाई बङ्ग्याएर आफ्नै झोली भरेका छन । तर चिन्ता होइन चिन्तन गरौ । क्रान्तिको नियम हो यस् लाई अवरोध गरे पहाड पनि भत्काउदै अगाडि बढ्छ यो । हेर्नुहोस २००७ सालमा राणा फालेर राजा आफु राणाझै सामन्त हुन खोज्दा आज राजतन्त्र समुल नष्ट भएको छ ।

राजा फालियो तर फेरि राजालेझै कथित गणतन्त्रको नाममा फेरी सजातिय टाउकोहरु मिलेर अन्ध राष्ट्रवाद लागु गर्ने चेस्टा गर्दै छन् यही बाट उनिहरुको अन्त्यको सुरुवा भै सक्यो । र सुनौलो विभेद बिहिन पूर्ण समानुपातिक समाबेशी ,सबै जातीको सह सम्मान हुने पहिचान सहितको ऐतिहासीक पृष्‍ठभुमिको आधारमा बन्ने राष्ट्र-राज्य निर्माणको प्रकृया सुरु भैसक्यो । अब शासक बनेका हरुप्रती दिन गल्ती गर्दै जान्छन् । उनिहरुको वास्तविक् पहिचान खुल्दै जान्छ । अन्तत एक दिन नाङ्गो बादशाह बन्ने छन् त्यो दिन उनिहरुको अन्त्यको दिन र पहिचानको विजयको दिन हुनेछ ।

खम्बु पूर्व संविधान सभा सदस्य हुन् 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *