१० लाख मूल्य बराबरको अवैध सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ, असोज १६ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ सय ७ ग्राम सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन मेन गेट प्रहरी चेकिङ एरियामा सुनसहित भारतीय नागरिक विडेश भुडियालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

थाई एयरको टिजी ३१९ को उडानद्धारा बैंककबाट काठमाडौं आएका भारतीय नागरिक भुनियालाई करिब १० लाख २५ हजार रुपैयाँ बराबरको २ सय ७ ग्राम अवैध सुनसहित सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

null

प्रहरी चेकिङमा लुकाई छिपाई राखेको अवस्थामा औंठी २ थान, साँचो २ थान, गोलाकार आकारको रिङ ३ थान र सिक्री २ थान रहेको उक्त परिणामको सुन बरामद भएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *